गण्डक न्युज पोखरा, ९ फागुन / अनेरास्ववियू, स्याङ्जा पोखरा सम्पर्क कमिटिको आयोजनामा पृथ्वीनारायण क्याम्पस फुटबल मैदानमा बुधबारदेखि अन्तरसंकाय सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।
क्याम्पसका कूल २० टोली सहभागी प्रतियोगितामा पहिलो दिन तीन खेल सम्पन्न भएका छन् । प्रतियोगिता पूर्व मैत्रीपूर्ण खेल सम्पन्न भयो । फरक दलमा आस्था राख्ने विद्यार्थीबीच मित्रवत् सम्बन्ध कायम राख्ने उद्देश्यले नेबि संघ र अनेरास्ववियूबीच भएको मैत्रीपूर्ण खेलमा नेबिसंघले अनेरास्ववियूलाई ५–३ गगोल अन्तरले पराजित ग¥यो ।
यसअघि, प्रतियोगिताको उद्घाटन नेकपा एमालेका युवा नेता एवं अनेरास्ववियूका पूर्व केन्द्रिय उपाध्यक्ष शोभियत ढकालले गरे । उनले खेलमा पक्षविपक्ष खेल खेलुन्जेलमात्र हुने तर एकआसपमा कुनै द्वन्द्वभाव नहुने भएकाले विद्यार्थीहरु पनि खेलमा अनुशासन भएजस्तै मेलमिलापको भावना लिएर अघि बढ्न सुझाव दिए ।

क्याम्पसका स्ववियू पूर्व सभापति समेत रहेका ढकालले विद्यार्थीहरु अध्ययनका अलावा रचनात्मक तथा खेलकुदका क्रियाकलापमा सहभागी भई समृद्ध मुलुक निर्माणमा लाग्न अनुरोध गरे ।
कार्यक्रममा नेकपा एमाले प्रदेश नं. ४ सल्लाहकार सदस्य अर्जुन ढकाल, अनेरास्ववियुका केन्द्रिय सदस्य भरतमान कोने गुरुङ, पृथ्वीनारायण क्याम्पस कमिटिका अध्यक्ष राजन शर्मा पराजुली, स्याङ्जा पोखरा सम्पर्क कमिटिका पूर्व अध्यक्ष अर्जुन खनाल लगायतले बोलेका थिए । कार्यक्रममा अखिल जिल्ला उपाध्यक्ष शंकर शैंजु, स्याङ्जा पोखरा सम्पर्क कमिटिका निवर्तमान अध्यक्ष दिनेश ढुंगाना लगायतको उपस्थिति रह्यो ।
अनेरास्ववियु स्याङ्जा पोखरा सम्पर्क कमिटिका अध्यक्ष स्विकार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सिर्जना पोडेलले स्वागत तथा गोविन्द शर्माले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु