गण्डक न्युज पोखरा, ९ फागुन / अनेरास्ववियू, स्याङ्जा पोखरा सम्पर्क कमिटिको आयोजनामा पृथ्वीनारायण क्याम्पस फुटबल मैदानमा बुधबारदेखि अन्तरसंकाय सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।
क्याम्पसका कूल २० टोली सहभागी प्रतियोगितामा पहिलो दिन तीन खेल सम्पन्न भएका छन् । प्रतियोगिता पूर्व मैत्रीपूर्ण खेल सम्पन्न भयो । फरक दलमा आस्था राख्ने विद्यार्थीबीच मित्रवत् सम्बन्ध कायम राख्ने उद्देश्यले नेबि संघ र अनेरास्ववियूबीच भएको मैत्रीपूर्ण खेलमा नेबिसंघले अनेरास्ववियूलाई ५–३ गगोल अन्तरले पराजित ग¥यो ।
यसअघि, प्रतियोगिताको उद्घाटन नेकपा एमालेका युवा नेता एवं अनेरास्ववियूका पूर्व केन्द्रिय उपाध्यक्ष शोभियत ढकालले गरे । उनले खेलमा पक्षविपक्ष खेल खेलुन्जेलमात्र हुने तर एकआसपमा कुनै द्वन्द्वभाव नहुने भएकाले विद्यार्थीहरु पनि खेलमा अनुशासन भएजस्तै मेलमिलापको भावना लिएर अघि बढ्न सुझाव दिए ।

क्याम्पसका स्ववियू पूर्व सभापति समेत रहेका ढकालले विद्यार्थीहरु अध्ययनका अलावा रचनात्मक तथा खेलकुदका क्रियाकलापमा सहभागी भई समृद्ध मुलुक निर्माणमा लाग्न अनुरोध गरे ।
कार्यक्रममा नेकपा एमाले प्रदेश नं. ४ सल्लाहकार सदस्य अर्जुन ढकाल, अनेरास्ववियुका केन्द्रिय सदस्य भरतमान कोने गुरुङ, पृथ्वीनारायण क्याम्पस कमिटिका अध्यक्ष राजन शर्मा पराजुली, स्याङ्जा पोखरा सम्पर्क कमिटिका पूर्व अध्यक्ष अर्जुन खनाल लगायतले बोलेका थिए । कार्यक्रममा अखिल जिल्ला उपाध्यक्ष शंकर शैंजु, स्याङ्जा पोखरा सम्पर्क कमिटिका निवर्तमान अध्यक्ष दिनेश ढुंगाना लगायतको उपस्थिति रह्यो ।
अनेरास्ववियु स्याङ्जा पोखरा सम्पर्क कमिटिका अध्यक्ष स्विकार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सिर्जना पोडेलले स्वागत तथा गोविन्द शर्माले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
आहा ! रारा पोखरा गोल्डकपः चर्च ब्वाइजलाई हराउँदै पुलिस फाइनलमा
आहा! रारा पोखरा गोल्डकप: सिक्किमको थन्डर बोल्टस् युनाइटेडलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स सेमिफाइनलमा
सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा
विरेन स्मृति कपमा ‘गन्नी एफसी’ च्याम्पियन
आहा ! रारा पोखरा गोल्डकप: साविक विजेता आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
आहा ! रारा पोखरा गोल्डकप: मछिन्द्रलाई टाइब्रेकरमा हराउँदै थ्री स्टार सेमिफाइनलमा
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति