पोखरा । विद्यालयलाई यातना गृह बनाउने हो भने त्यस्ता विद्यालयबाट विद्यार्थीले के सिक्लान ? सोझै अनुमान लगाउन सकिन्छ । २१ औं सताव्दीको शिक्षा दण्ड र यातनाबाट टाढा रहनुपर्छ । तर, पर्यटकीय नगरी पोखरामा भने त्यस्तो देखिएन ।
वालवालिकाहरु पढ्ने विद्यालयमा केवल अध्ययनमैत्री वातावरणको अपेक्षा गरिन्छ तर, पोखरामा रहेको एक विद्यालयलाई भने शिक्षकहरुले यातना गृह बनाएको पुष्टि भएको छ । पोखरा विरौटाको शिशु निकेतन बोर्डिङ स्कूलका गणित शिक्षक रामजी भट्टराईले कक्षा १० मा अध्ययनरत एक छात्रलाई निर्घात कुटपिट गरेका छन् ।
गत माघ २८ गते विहान १० बजे गणित शिक्षक रामजी भट्टराइले एक विद्यार्थीको झोला चेक गर्दा चुईगमको खोल फेला परेको निहुमा कक्षा कोठामै निर्घात कुटपिट गरेका थिए । शिक्षक भट्टराईले कुटेको डाम ढाड भरि परेको थियो । कठालो समातेर विद्यार्थीको ढाड सेकाइरहँदा पनि झ्याल र ढोकाबाट हेर्ने शिक्षक कर्मचारीहरु मुकदर्शक बनेका थिए ।
शिक्षकको कुटाइबाट थलिएका विद्यार्थीले घर जान विन्ती गर्दा पनि नदिएर विरामी कक्षमा सुताएर ढाडमा तेल लगाउदै राखिएको थियो । कुटपिटवाट सिथिल विद्यार्थी साँझ घर आएपछि बल्ल उपचारको लागि फेवासिटी अस्पताल लगिएको विद्यार्थीको अभिभावकले बताएका छन् ।
अस्पतालको परीक्षणमा उनको रक्तचाप उच्च देखिएको, टाउको दुखेको र ढाडमा हातले पिटेको डाम रहेको हस्पिटलको रिपोर्टमा उल्लेख छ । पोखराको महंगो विद्यालयमा गनिने शिशु निकेतन बोर्डिङ स्कुलमा विद्यार्थीले निर्घात कुटाई खानुपरेपछि अरु सामान्य विद्यालयको अवस्था के होला ? एसइइ परीक्षाको तयारी गरिरहेका विद्यार्थी माथि शिक्षकबाटै यस्तो दुव्र्यवहार सहनुपर्दा विद्यालय र शिक्षकप्रति विद्यार्थीको मनस्थिति कस्तो होला, भौतिक यातनाको विकल्प अरु नभएझै कुटपिटमा उत्रने गणित शिक्षक रामजी भट्टराईलाई विद्यालयले संरक्षण गरेर राखेको छ ।
विद्यालयका प्राचार्य नरेन्द्र थापाले विद्यार्थी माथि भएको कुटपिटको घटना स्वीकार गरे । प्राचार्य थापाले भने–‘शिक्षक रामजी भट्टराईलाई अन्तिम चेतावनी दिएका छौ । अब यस्तो गल्ती दोहोरिएमा निस्कासनको विकल्प छैन ।’ सानो गल्तीलाई लिएर गरिएको कुटपिट प्रकरणको दाग ढाडबाट हराए पनि पिटाई खाने र देख्ने विद्यार्थीहरुको मनको त्रास भने उस्तै छ ।
यो घटनाले पढ्न पठाएका वालवालिकाहरुको सुरक्षा चिन्ता बढाएको छ । वाल अधिकारकर्मी तथा राज्यका नियमनकारी निकायले यस्ता घटनाको छानविन गर्नु पर्छ । पिडित विद्यार्थी र अभिभावकहरुले पनि यस्ता अवाञ्छित घटनाहरु वाहिर ल्याउन पर्छ नकि अन्य विद्यालयमा यस्ता घटना नदोहोरियोस् । विद्यालयले शिक्षक कर्मचारी भर्ना गर्दा पनि उनिहरुलाई प्रशिक्षण गराउन जरुरी देखिएको छ ।
यदुनाथ बञ्जारा/सरांगकोट साप्ताहिक
सम्बन्धित खबर
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ