पोखरा । विद्यालयलाई यातना गृह बनाउने हो भने त्यस्ता विद्यालयबाट विद्यार्थीले के सिक्लान ? सोझै अनुमान लगाउन सकिन्छ । २१ औं सताव्दीको शिक्षा दण्ड र यातनाबाट टाढा रहनुपर्छ । तर, पर्यटकीय नगरी पोखरामा भने त्यस्तो देखिएन ।
वालवालिकाहरु पढ्ने विद्यालयमा केवल अध्ययनमैत्री वातावरणको अपेक्षा गरिन्छ तर, पोखरामा रहेको एक विद्यालयलाई भने शिक्षकहरुले यातना गृह बनाएको पुष्टि भएको छ । पोखरा विरौटाको शिशु निकेतन बोर्डिङ स्कूलका गणित शिक्षक रामजी भट्टराईले कक्षा १० मा अध्ययनरत एक छात्रलाई निर्घात कुटपिट गरेका छन् ।
गत माघ २८ गते विहान १० बजे गणित शिक्षक रामजी भट्टराइले एक विद्यार्थीको झोला चेक गर्दा चुईगमको खोल फेला परेको निहुमा कक्षा कोठामै निर्घात कुटपिट गरेका थिए । शिक्षक भट्टराईले कुटेको डाम ढाड भरि परेको थियो । कठालो समातेर विद्यार्थीको ढाड सेकाइरहँदा पनि झ्याल र ढोकाबाट हेर्ने शिक्षक कर्मचारीहरु मुकदर्शक बनेका थिए ।
शिक्षकको कुटाइबाट थलिएका विद्यार्थीले घर जान विन्ती गर्दा पनि नदिएर विरामी कक्षमा सुताएर ढाडमा तेल लगाउदै राखिएको थियो । कुटपिटवाट सिथिल विद्यार्थी साँझ घर आएपछि बल्ल उपचारको लागि फेवासिटी अस्पताल लगिएको विद्यार्थीको अभिभावकले बताएका छन् ।
अस्पतालको परीक्षणमा उनको रक्तचाप उच्च देखिएको, टाउको दुखेको र ढाडमा हातले पिटेको डाम रहेको हस्पिटलको रिपोर्टमा उल्लेख छ । पोखराको महंगो विद्यालयमा गनिने शिशु निकेतन बोर्डिङ स्कुलमा विद्यार्थीले निर्घात कुटाई खानुपरेपछि अरु सामान्य विद्यालयको अवस्था के होला ? एसइइ परीक्षाको तयारी गरिरहेका विद्यार्थी माथि शिक्षकबाटै यस्तो दुव्र्यवहार सहनुपर्दा विद्यालय र शिक्षकप्रति विद्यार्थीको मनस्थिति कस्तो होला, भौतिक यातनाको विकल्प अरु नभएझै कुटपिटमा उत्रने गणित शिक्षक रामजी भट्टराईलाई विद्यालयले संरक्षण गरेर राखेको छ ।
विद्यालयका प्राचार्य नरेन्द्र थापाले विद्यार्थी माथि भएको कुटपिटको घटना स्वीकार गरे । प्राचार्य थापाले भने–‘शिक्षक रामजी भट्टराईलाई अन्तिम चेतावनी दिएका छौ । अब यस्तो गल्ती दोहोरिएमा निस्कासनको विकल्प छैन ।’ सानो गल्तीलाई लिएर गरिएको कुटपिट प्रकरणको दाग ढाडबाट हराए पनि पिटाई खाने र देख्ने विद्यार्थीहरुको मनको त्रास भने उस्तै छ ।
यो घटनाले पढ्न पठाएका वालवालिकाहरुको सुरक्षा चिन्ता बढाएको छ । वाल अधिकारकर्मी तथा राज्यका नियमनकारी निकायले यस्ता घटनाको छानविन गर्नु पर्छ । पिडित विद्यार्थी र अभिभावकहरुले पनि यस्ता अवाञ्छित घटनाहरु वाहिर ल्याउन पर्छ नकि अन्य विद्यालयमा यस्ता घटना नदोहोरियोस् । विद्यालयले शिक्षक कर्मचारी भर्ना गर्दा पनि उनिहरुलाई प्रशिक्षण गराउन जरुरी देखिएको छ ।
यदुनाथ बञ्जारा/सरांगकोट साप्ताहिक
सम्बन्धित खबर
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
मनाङमा एउटा एम्बुलेन्ससमेत छैन
हिसान फुटसलमा गुरुकुल र कास्की मोडनाइज फाइनलमा
सहारा युकेका महासचिव गुरुङको सहारा आ.वि.मा सहयोग
द आर्ट अफ लिभिङद्वारा कैदीबन्दीलाई योग ध्यान र ज्ञानसम्बन्धी निःशुल्क तालिम
चिप्ली गाउँमा फागुन १३ देखि महाशिवरात्री मेला
यो पनि पढौँ
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
पोखरामा बढ्यो प्रदूषण, बन्याे देशको प्रदूषित सहर