गण्डक न्युज पोखरा, १६ फागुन / पोखरा ८ सिर्जनाचोकमा अवस्थित पोखरा मल्टिमोडल क्याम्पसले आफ्ना विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने हेतुले विभिन्न प्रशिक्षणात्मक कार्यक्रमलाई जारी राखेको छ ।
बुधबार व्यवस्थापन संकायतर्फका विद्यार्थीमाझ क्याम्पसले यसै क्षेत्रमा उत्कृष्टता हासिल गरेका पोखरामा स्थापित युवा व्यक्तित्वलाई उभ्यायो । यसअघि, लोकसेवा कक्षा सम्बन्धमा विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो ।
कक्षा १२ र बिबीएस तहका विद्यार्थीसँग सिए अमित थापाको अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा सिए थापाले व्यवस्थापन विषयका फाइदा र यसलाई कसरी उपयोग गर्दै जीवनमा सफल बन्ने विषयमा सहजीकरण गरे ।

उनले बिबिए, सिए भन्दा बिबिएसका पाठ्यक्रम ज्ञानमूलक भएको भन्दै यसलाई व्यवहारमा लागू गर्ने सन्दर्भमा मात्र चुकेको बताए । ‘त्रिवि अन्तर्गत व्यवस्थापनको स्नातक तह र सिएको साढे चार वर्षे कोर्स उस्तै स्तरका हुन् । तर हामीकहाँ किन बिबिएसका टपर विद्यार्थीलाई सिएका नर्मल विद्यार्थी जस्तो पनि समाजले लिँदैन ? बिबिएसको ८० प्रतिशत पाठ्यक्रम सिएसँग मिल्छ । बजारमा बिबिएसका विद्यार्थी किन प्रतिष्पर्धामा उत्रन सक्दैनन् ?’ थापाले विद्यार्थी माझ भने ‘विद्यार्थी पनि यो विषयमा गम्भिर हुनुपर्छ । उत्कृष्टता हासिल गर्नुपर्छ । बिबिएसका पाठ्यक्रम निकै राम्रो छ ।’ उनले व्यवस्थापन विषयका विद्यार्थी समयका साथै हरेक कुराको व्यवस्थापनामा पनि ध्यान दिनुपर्ने बताए ।

तीन दर्जन बढी विद्यार्थी सहभागी कार्यक्रममा उनीहरुले बिबिएस पढेपछिको स्कोप, लेखा, वित्त शास्त्र लगायतका सन्दर्भमा जिज्ञासा राखेका थिए । सिए थापा पोखरा नुडल्स प्रालिसँग आबद्ध छन् भने पोखारमै प्रिज्म सेन्टर अफ लर्निङ प्रालिका मेनेजिङ डिरेक्टर समेत हुन् । सो सेन्टरले सिए कोर्स सञ्चालन गर्दै आएको छ ।
क्याम्पस प्रमुख कृष्ण केसीले सैद्धान्तिक ज्ञानसँगै अब बजारमा आफ्ना विद्यार्थी प्रतिष्पर्धामा अब्बल बनाउने गरी व्यवहारिक पाटोतर्फ जोड दिएको दिएको बताए । उनले निजामति सेवामा प्रवेशमा आकर्षित गराउन यसअघि लोकसेवा परीक्षा तयारी, यसका फाईदा सम्बन्धमा प्रशिक्षण दिएको बताउँदै व्यवस्थापन नै पढेर कस्तो पदमा पुग्न सकिन्छ ? भन्ने देखाई पढाईप्रति प्रेरित गर्न सिएसँग अन्र्तक्रिर्यात्मक कार्यक्रम गरेको बताए ।
सो अवसरमा पोखरा मल्टिमोडल प्रालिका प्रबन्ध निर्देशक राजकुमार गिरीले यस्ता कार्यक्रमले विद्यार्थीलाई फाइदा पुग्ने बताउँदै निरन्तरता दिने बताए ।

सम्बन्धित खबर
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
अरौंदी खोलाले बगाएका युवा मृत फेला
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते