पोखरा हेम्जामा राति फेरि अर्को दुर्घटना, अधिकारीको मृत्यु

पोखरा हेम्जामा राति फेरि अर्को दुर्घटना, अधिकारीको मृत्यु

scooter

File Photo

गण्डक न्युज पोखरा, १८ फागुन / फागूपूर्णिमाको राति पोखरा हेम्जामा फेरि अर्को दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

राति साढे २ बजेतिरको समयमा पोखरा लेखनाथ वडा नं. २५ उपल्लो हेम्जामा स्कुटर आफै पल्टिदाँ पछाडि बस्नेको मृत्यु भयो भने चालक सामान्य घाईते छन् ।

सोहि ठाउँका २१ वर्षीय सूर्य प्रसाद अधिकारीको उपचारकै क्रममा मनिपाल अस्पतालमा निधन भएको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए । ग १३ प ८८१० नम्बरका सो स्कुटर चालक २२ वर्षीय विकास अधिकारी घाईते छन् ।

राति २ बजेर ५५ मिनेटमा प्रहरीलाई जानकारी आउनासाथ घटनास्थल पुगेको प्रहरीले घाईतेद्वयलाई मनिपाल अस्पताल लगेकोमा बिहान ७ बजेति अधिकारीको ज्यान गएको हो । खाली सडक भएपनि रातको समयमा ओभर स्पिडका कारण मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनामा परेको स्कुटरको पछाडीको टायर नै फुत्किएको थियो ।

सम्बन्धित समाचार

पोखरामा होलीको दिन चार गाडी आपसमा ठोक्किए, २ गम्भिर

होलीकै दिन पोखरामा चार वटा गाडी एकआपसमा ठोकिएका छन् । पोखरा १४ चाउथेमा बिहीबार साँझ साढे ५ बजे भएको सो दुर्घटनामा १० जना घाईते भएका छन् । यी मध्ये दुई जना गम्भिर छन् र ८ जना सामान्य अवस्थामा रहेको कास्की प्रहरी पवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

चाउथे खसीबजारमा पोखराबाट पुर्व विजयपुर तर्फ जाँदै गरेको ग१च४४४९ नं.को भेन आफै अनियन्त्रित भई काठमाण्डौबाट पोखरा तर्फ आउदै गरेको ग१ज ३७०७ नं. को ट्याक्सीलाई ठक्कर दिन पुगेको थियो । सोहि बेला पोखरा तर्फ नै आउदै गरेको बा१०च १५२४ नं. को कारलाई ठक्कर दिई पुनः विजयपुरबाट पोखरा तर्फ आउदै गरेको ग१ज २६७६ नं. को ट्याक्सीलाई ठक्कर दिई दुर्घटना भएको हो ।

वडा प्रहरी कार्यालय रामबजारका प्रमुख ईन्स्पेक्टर दिपक के.सी.को कमाण्डमा ११ जनाको टोली घटनास्थल पुगी उद्धारमा खटिएको थियो ।

घटनामा ग१ज २६७६ नं.को ट्याक्सी चालक स्याङजा विरुवा अर्चलेका ३० वर्षीय जितबहादुर बिक र यात्रु नुवाकोट घर भई औद्योगिक क्षेत्र बस्ने वर्ष २४ की माया तामाङ गम्भिर घाईते भए । बिकको टाउको र ढाडमा चोट लागेर तामाङको अनुहारमा चोट लागेको छ । उनीहरु मनिपाल हस्पिटलमा उपचार भईरहेको छ । सोहि ट्याक्सीमा सवार वर्ष ३५ की बिरमाया तामाङको दाहिने खुट्टामा चोट लागेको छ ।

यस्तै, ग१च४४४९ नं.को गाडीका घाईतेहरु चालक पोखरा २६ सुन्दरीबजार बस्ने वर्ष ३३ को अमृत जि.सी, सोहि ठाउँका वर्ष ३८ को सागर लामिछाने रहेका छन् । यस्तै, बा१०च १५२४ नं. को गाडीको घाइतेहरुमा स्याङजा घर भई हाल काठमाण्डौ चाबहिल बस्ने मुकेश ढुङगाना, काठमाण्डौ घर भई विरौटा बस्ने वर्ष ६८ को गोपिकृष्ण ढुङगाना, बुहारी वर्ष ३४ की उपमा शर्मा, काका वर्ष ६२ को इन्द्र ब.ढुङगाना र वर्ष ५ को आश्रय ढुङगाना सामान्य घाईते छन् । उनीहरुलाई गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।

ग१ज ३७०७ नं. को ट्याक्सीमा सवारलाई भने क्षति भएको छैन । पहिलो ठक्कर नै यस ट्याक्सीलाई दिएको थियो । चालक पृथ्विचोक बस्ने वर्ष ३२ को बुद्धि कार्की प्रहरी सम्पर्कमा पुगेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ