गण्डक न्युज पोखरा, २० फागुन / पोखरा लेखनाथ महानगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि ट्याग लगाउने योजना सार्वजनिक गरेकै दिन पोखरामा सडकमा छाडा चौपायाकै कारण दुर्घटना भएको छ । यस्तै, अर्को दुर्घटनामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु र अर्का घाईते भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
भर्खरै प्रत्यक्षदर्शीले जनाए अनुसार विजयपुरमा बस र मोटरसाईकल आपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार एकजनाको मृत्यु भएको छ भने अर्का घाईते छन् । उनलाई अस्पतालतर्फ दौडाइएको छ । कास्की प्रहरीले घटनाबारे विस्तृत विवरण थाहा भई नसकेको जनायो । (थप विवरण अर्को समाचारमा प्रस्तुत गर्नेछौं ।)
यस्तै, जिरोकिमीदेखि बाग्लुङ बसपार्क सडकखण्डमा दुई घण्टा अघि भएको दुर्घटनामा मोटरसाइकल क्षतविक्षत भएको छ भने चालक घाईते भएका छन् , प्रत्यक्षदर्शीका अनुसार सडकमा उभिएको छाडा चौपायाका कारण मोटरसाईकल दुर्घटना भएको थियो ।

पोखरामा पछिल्लो समय सवारी दुर्घटनाको संख्या बढेको छ । विजयपुर नजिकै चाउथेमा होलीको दिन चार गाडी आपसमा ठोक्किएको थियो भने त्यही राति हेम्जामा एक युवकको स्कुटर दुर्घटनामा ज्यान गएको थियो ।
तस्विरहरु: पत्रकार शिवराज बस्ताकोटीको फेसबुकबाट
सम्बन्धित खबर
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?