गण्डक न्युज पोखरा, २० फागुन / पोखरा लेखनाथ महानगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि ट्याग लगाउने योजना सार्वजनिक गरेकै दिन पोखरामा सडकमा छाडा चौपायाकै कारण दुर्घटना भएको छ । यस्तै, अर्को दुर्घटनामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु र अर्का घाईते भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
भर्खरै प्रत्यक्षदर्शीले जनाए अनुसार विजयपुरमा बस र मोटरसाईकल आपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार एकजनाको मृत्यु भएको छ भने अर्का घाईते छन् । उनलाई अस्पतालतर्फ दौडाइएको छ । कास्की प्रहरीले घटनाबारे विस्तृत विवरण थाहा भई नसकेको जनायो । (थप विवरण अर्को समाचारमा प्रस्तुत गर्नेछौं ।)
यस्तै, जिरोकिमीदेखि बाग्लुङ बसपार्क सडकखण्डमा दुई घण्टा अघि भएको दुर्घटनामा मोटरसाइकल क्षतविक्षत भएको छ भने चालक घाईते भएका छन् , प्रत्यक्षदर्शीका अनुसार सडकमा उभिएको छाडा चौपायाका कारण मोटरसाईकल दुर्घटना भएको थियो ।
पोखरामा पछिल्लो समय सवारी दुर्घटनाको संख्या बढेको छ । विजयपुर नजिकै चाउथेमा होलीको दिन चार गाडी आपसमा ठोक्किएको थियो भने त्यही राति हेम्जामा एक युवकको स्कुटर दुर्घटनामा ज्यान गएको थियो ।
तस्विरहरु: पत्रकार शिवराज बस्ताकोटीको फेसबुकबाट
सम्बन्धित खबर
मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति
पोखरा फुटवेयर बिजनेस सेन्टरमा ‘दशैं जुत्ता चप्पल मेला’ सुरू
गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य
पोखरामा सिट्रोनको अत्याधुनिक शोरुम सञ्चालनमा
प्रतिभा माविबाट ‘परदेशी–२’ को प्रचार सुरुवात
पर्वतीय फोटो प्रदर्शनी सुरु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि