पोखरा, २१ फागुन / शैक्षिक तथा सामाजिक क्षेत्रमा अब्बल लर्निङ हाउसले ‘एजुकेसन डे’ कार्यक्रमको आयोजना गर्न लागेकोे छ ।
नेपालका लाग अमेरिकी दुतावास (यूएस एम्बेसी) को आयोजना र लर्निङ हाउसको सहकार्यमा फागुन २५ गते दरबारथोक व्याङक्वेटमा कार्यक्रम हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने लर्निङ हाउसका डाइरेक्टर नवाङ्ग गुरुङले जानकारी दिए ।
अमेरिकी वाणिज्य दुतावास भिसा सेक्सन प्रतिनिधि, रिपब्लिका सम्पादक सुभास घिमिरे, लर्निङ हाउस एक्जुक्यूटिभ डाइरेक्टर नवाङ गुरुङ र स्थानीय उद्यमी दोर्जेलामा कार्यक्रमका वक्ता रहनेछन् ।
कार्यक्रममा सहभागिलाई अमेरिकाको भिसाप्रोसेसिङ सम्बन्धी सम्पूर्ण जानकारी नेपालका लागि अमेरिकी दुतावासका प्रतिनिधि ग्रेस क्यारोलले प्रत्यक्ष प्रदान गर्नुहुने अमेरिकन एम्बेसी प्रतिनिधि मिसेल विल्सले जानकारी दिइन् ।

दरबारथोक व्याङ्क्वेटमा हुने कार्यक्रम विशेषगरी पोखरामा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी अमेरिका अध्ययन गर्न जान चाहने र अध्ययन पश्चात्त अमेरिकाको ज्ञान सीपलाई नेपालको विकास विस्तारमा उपयोग गर्ने व्यक्तिहरुका निमित्त फलदायी हुने लर्निङ हाउसका डाइरेक्टर गुरुङले जानकारी दिए ।
कार्यक्रममा स्कुल कलेज अध्ययन गरि रहेका विद्यार्थी एवं अभिभावक, पत्रकार, प्राध्यापक, शिक्षक सबै जना उपस्थित हुन पाउने गुरुङले बताए । कार्यक्रम उपस्थितिहरुलाई रिफ्ररेसमेन्टका लागि लिगेसी व्याण्डको प्रस्तुतिमा सांगीतिक कार्यक्रम समेत हुने आयोजकले बताएको छ । कार्यक्रम सफल बनाउनको लागि मिडिया पार्टनको रुपमा लेवल नेक्स्टले सहकार्य गर्नेछ ।
सम्बन्धित खबर
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
अरौंदी खोलाले बगाएका युवा मृत फेला
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ