गण्डक न्युज पोखरा, २३ फागुन / प्रदेश ४ को समृद्धि र विकासको प्रमुख सम्भावना पर्र्यटन नै रहेकोले खेलसँग जोडेर सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिईएको छ । त्यसका लागि प्रदेश सरकारले बनाउने नीति नियम र कानुनमा खेललाई उच्च प्राथमिकता दिनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिए ।
नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा विहीबार प्रदेश ४ मा खेल पर्यटनको सम्भावना विषयक बृहत् अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
नेपाल पर्यटन बोर्ड पोखराको सहआयोजना तथा राष्ट्रिय खेलकुद परिषद् र क्षेत्रीय खेलकुद विकास समितिको सहकार्यमा भएको उक्त अन्तक्र्रिया प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त अन्तक्र्रियामा प्रदेश ४ का सांसद राजीव पहारी, इन्द्रधारा बिष्ट र मोहन रेग्मीसहित खेलुकद र पर्यटन क्षेत्रका विभिन्न सरोकारवाला निकाय, संघसंस्थाका प्रतिनिधि तथा पत्रकारले भाग लिएका थिए ।
यस्तै, नेपाल पर्यटन बोर्ड पोखरा प्रमुख सूर्य थपपिया र खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रकाश तिमल्सिनाले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेकोमा पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले टिप्पणी गरेका थिए ।
https://www.facebook.com/gandaknews/videos/789525601239694/?t=6142
लेकसाइडस्थित होटवल गुडविलमा करिब ३ घण्टा चलेको उक्त अन्तक्र्रियाका प्रमुख अतिथि प्रदेश ४ का उद्योग, पर्यटन तथा वनमन्त्री रामशरण बस्नेतले खेलकुदका नीतिमा अस्पष्टता पूरा गर्न अब प्रदेश सरकारले बनाउने नीति, नियम र कानूनमा यस्तै खालका अन्त्रक्र्रिया र छलफलले सघाउने बताए । उनले भने, प्रदेश सरकारले हरेक व्यक्तिको सल्लाह सुन्न तयार छ, हामीहरु कम बोल्छौ, नम्बर एक प्रदेश बनाउन व्यवहारमा काम गरेर देखाउने छौं ।
मन्त्री बस्नेतले प्रदेश ४ मा जलको सम्भावना बढी रहेको हुँदा सोही अनुरुप पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । प्रदेशको समृद्धि र विकासमा ध्यान केन्द्रित रहेको उल्लेख गर्दै उनले कसैले गलत गरेको सूचना पाए तत्काल कारबाही गर्नेबारे उनले सचेत गराए ।
सांसद राजीव पहारीले राज्यको तुलनामा निजी क्षेत्रले खेलकुदको पूर्वाधार निर्माणमा बढी गरेको उल्लेख गर्दै उनले सार्वजनिक निजी साझेदारीलाई अवलम्बन गर्दै अघि बढ्ने बताए । उनले विश्वकै पाँचौ उत्कृष्ट प्याराग्लाइडिङ क्षेत्र पोखरामा रहेको, १३ औं सुन्दर ताल फेवाताल रहेको जानकारी दिँदै विश्वका २ सय मुलुकमा नपाइने हावापानी यहाँ रहेकोले अपार सम्भावनाको खानी रहेको बताए । उनले कुराभन्दा परिणाममुखी काम गर्ने भन्दै संघसंस्था दर्ता प्रक्रियालाई झन्झटमुक्त बनाउनेतर्पm ध्यान केन्द्रित गर्ने बताए ।
सांसद इन्द्रधारा बिष्टले उत्तर र दक्षिण दुवैतर्फबाट हेर्दा पनि हिमाल देख्न सकिने प्रदेश ४ रहेको उल्लेख गर्दै हन्टिङ, घोडाचढी खेल मुस्ताङ क्षेत्रमा बढी रहेको बताए । उनले हन्टिङ खेल गरेमा तत्काल व्यवस्थापनमा सहज रहेको उल्लेख गरे । राम्रा खेलाडी उत्पादन भए पनि टिम राम्रो हुन नसकेको उल्लेख गर्दै खेलाडीको संरक्षणको खाँचो औल्याए ।
सांसद मोहनप्रसाद रेग्मीले खेलकुद पत्रकार मञ्चले आयोजना गरेको अन्तक्र्रियाले भावी कार्ययोजना निर्माणमा सहयोग पुगेको भन्दै आयोजकलाई धन्यवाद दिए । ग्रामीण तथा आधारभूत तहमै खेलकुदलाई जोड दिनुपर्ने भन्दै यहाँ राष्ट्रिय गौरवको खेललाई व्यवस्थित गर्नुपर्ने बताए ।
खेलकुद पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्यले प्रदेश ४ ले विकास गर्ने भनेको पर्यटनबाट नै हो भन्दै यसलाई खेलकुदसँग जोडेर अघि बढ्नुपर्नेमा जोड दिए । त्यसको लागि पहिलो शर्त पूर्वाधार निर्माण भएकोले प्रदेश सरकारको ध्यान यसतर्पm केन्द्रित हुनुपर्ने उनको धारणा छ । उनले अस्पताल भन्दा रंगशाला बनाउने हो भने हजारौले रोजगारी पाउने विचार व्यक्त गरे ।
पश्चिमाञ्चल खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले खेलकुदको विकासका लागि सबैभन्दा पहिले पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यपत्र प्रस्तुत गर्दै पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले प्रदेश ४ को विकासका लागि खेल र पर्यटन दुवैसँग जोडेर अघि बढ्नुपर्ने बताए ।
खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रकाश तिमल्सिनाले प्रदेश ४ को खेलकुदको अवस्था र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गर्दै कार्यक्रमले प्रदेश सरकारले बनाउने नीति, नियम र कानुन निर्माणमा आगामी दिनमा मार्गदर्शन हुने बताए ।
प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रदेश ४ का ११ जिल्लामध्ये सम्बन्धित जिल्लामा कुन खेलको सम्भावना छ त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए । उनले अब चिन्ता होइन, चिन्तन गर्नुपर्ने बेला आएको उल्लेख गर्दै सरोकारवाला निकायले पर्यटन र खेलकुदलाई जोडेर प्रदेशको विकास र समृद्धिमा चिन्तन गर्नुपर्ने बताए ।
अन्तक्र्रियामा भूपू खेलाडी मञ्चका पूर्व अध्यक्ष खड्गबहादुर रानाभाटले राज्यले खेल र खेलाडीलाई संरक्षण दिनुपर्ने बताए । उनले खेलका क्षेत्रमा सरकारले राजनीतिक नियुक्तिमा सही व्यक्तिलाई सही ठाउँमा नियुक्ति गर्नुपर्ने बताए ।
कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले एक दुई खेललाई प्राथमिकतामा राखेर तत्काल अघि बढ्नुपर्ने बताए ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले खेलका गतिविधिमा आन्तरिक पर्यटनलाई समेत प्राथमिकता दिनुपर्ने बताए ।
एन्फा उपमहासचिव गणेशबहादुर भट्टराईले खेलको विकासमा सबैजना दत्तचित्त भएमात्र अघि बढ्न सकिन्छ नभए भाषण गरेरमात्र नहुनेमा सचेत गराए ।
रासस प्रदेश ४ का कार्यालय प्रमुख बासुदेव पौडेलले पर्यटन बोर्डले खेल पर्यटनको बारेमा समेत गतिविधि गर्नुपर्ने सुझाव दिए ।
प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीकले प्रदेशका सबै जिल्लाको सम्भावित खेल पहिचान गर्नुपर्नेमा जोड दिए ।
पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले खेलकुद, पर्यटन र खेल पत्रकारलाई सँगसँगै लिएर अघि बढ्नुपर्ने बताए । सुस्तादेखि कोरला नाकासम्म फैलिएको प्रदेशमा प्रचूर सम्भावना रहेको उल्लेख गरे ।
प्रशिक्षक इञ्चार्ज कृष्ण तिमिल्सिनाले राष्ट्रिय पहिचानको प्रतीक खेल हो भने । खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दीननाथ बराल र सञ्चालन सचिव रञ्जन अधिकारीले गरेका थिए । कार्यक्रममा करिब ७० जनाको सहभागिता थियो ।
सम्बन्धित खबर
त्रिकोणात्मक टि–२० श्रृंखला: ओमानविरुद्ध नेपालको शानदार जित
एमेच्योर फुटबलमा आजदेखि क्वार्टरफाइनलका खेल
पोखराको नयाँगाउँमा एमेच्योर फुटबल प्रतियोगिता सुरू
नेपालको हारको श्रृंखला तोडियो, ओमानलाई हरायो
भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा गुरुङ, महासचिवमा पाठक
पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टले जिते
यो पनि पढौँ
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट डिस्चार्ज गरिएको भोलिपल्टै विजयपुर खोलामा शिशु मृत फेला
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
‘हनी ट्रयाप’मा पारेर ज्यान लिने मनिषा, बागलुङका प्रतिक गौतमसहित ५ जना पक्राउ
पोखरा विमानस्थल विहीबारदेखि बिहान साढे ४ बजेदेखि नै सञ्चालन