राजकिरण छत्कुली हेटौँडा, २४ फागुन / २३ औं मिस नेपाल चयन गर्ने प्रक्रिया सुरु भइसकेको छ । यो वर्ष २०१८ मा कूल २५ प्रतियोगी मिस नेपाल बन्ने रेसमा छन् । भोटिङ प्रक्रिया समेत खुल्ला भइसक्यो । २३ औं मिस नेपाल बन्न हेटौंडाकी चेली श्रृंखला खतिवडा प्रतिष्पर्धामा होमिएकी छिन् ।
पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चर शिक्षा लिएकी श्रृंखला यसपटक मिस नेपालको ताज शिरमा पहिर्याउने उद्देश्यले प्रतियोगी बनेकी छन् । उनी मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्ने एकमात्र युवती हुन् । २२ वर्षीया श्रृंखलाको उचाई ५ फिट ६ ईञ्च रहेको छ । लुमन्ती सपोर्ट समूहमा आर्किटेक्टका रुपमा उनको कार्यअनुभव छ ।
सौन्दर्य प्रतियोगितामा होमिएकी उनको पारिवारिक पृष्ठभूमि भने राजनीतिक हो । बाबु विरोध खतिवडा मकवानपुर क्षेत्र नं. २ का निर्वाचित नेकपा एमाले सांसद हुन् । आमा मुनु सिग्देल पार्टीकै जिल्ला अध्यक्ष तथा प्रदेश सांसद हुन् । परिवारले राजनीतिक परिवारका छोरी रोलमोडल बनोस् भन्ने उद्देश्यले प्रतियोगितामा पठाउन कुनै रोकतोक गरेका छैनन् ।
मिस नेपाल भन्ने बित्तिकै नकरात्मक सोच राखिने समाजमा सकारात्मक सोच राखुन्, सौन्दर्य प्रतियोगिताका साथै विश्वमाझ नेपालको प्रतिनिधित्व गर्ने अवसर रहेकाले यसतर्फ आकर्षण बढोस् भन्ने श्रृंखलाका परिवार चाहन्छ ।
मकवानपुरे चेलीलाई भोट गर्न MN space 25 गरेर 33001 मा send गर्नु पर्दछ । भोट गरी जिताउन सबैलाई आग्रह गरिएको छ । भोट आगामी अप्रिल ११ बुधबार राति ८ बजेसम्म गर्न पाइनेछ ।
हेर्नुहोस् श्रृंखलालाई १२ तस्विरमा:
.
.
.
.
.
.
.
.
.
.
.
तस्विरः श्रृंखला खतिवडाका फेसबुक तथा इन्स्टाग्राम
सम्बन्धित खबर
असोज ४ गतेदेखि १५ दिन पृथ्वी राजमार्ग राति ४ घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु
ट्रक जुध्दा एक चालकको मृत्यु
धादिङ दुर्घटना अपडेटः मृतक ८ मध्ये ६ जनाको पहिचान खुल्यो [मृतक र घाइतेहरूको नाम सहित]
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि