काठमाडौं, १ चैत – नेपालले पहिलो पटक एक दिवसीय मान्यता प्राप्त गरेको छ । नेपाली क्रिकेट इतिहासमै यो एउटा सुनौलो अक्षरले लेखिएको छ ।
नेपालले पपुवा न्यूगिनीलाई हराएर र नेदरल्याड्सले हङकङलाई हराएपछि एक दिवसीय मान्यता प्राप्त गरेको हो । नेपाली क्रिकेट विभिन्न आरोह अवरोहका बीच पनि यहाँसम्म आइपुग्नु पक्कै पनि सुखद कुरा हो । नेपालको यो सफलतालाई आयरल्याण्डका क्रिकेटरदेखि आईसीसीसम्मले बधाई दिएका छन् ।
आईसीसीले नेपालले कसरी एक दिवसीय मान्यता हात पार्न सफल भयो भन्ने कथा मात्रै लेखेको छैन, नेपालको सफलतामा उसले आफ्नो अफिसियल ट्वीटर र फेसबुक पेजको कभर फोटो नै चेन्ज गरेको छ ।
यसअघि भारतीय कप्तान विराट कोहलीको तस्बिर राखिएको कभरपेजमा आज नेपाली क्रिकेट खेलाडीको फोटो राखिएको छ । नेपालको यो सफलतालाई आईसीसी, सन्दीप लामिछाने अनुबन्धित आईपीएल टोली दिल्ली डेयरडेभिल्सम्मले बधाई दिएका छन् ।
सम्बन्धित खबर
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
अर्जुनचौपारीको राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साताबाट
पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम
आइटीएफमा दोश्रो सर्किटमा सिंगलतर्फ प्रि.क्वटर तथा डबल्समा क्वाटरफाइनल सम्पन्न
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका