पोखरा, १३ चैत । जापानको टोकियोमा हुने कोफा पुमा टोरेरो कप फुटबल प्रतियोगितामा सहभागिताका लागि जान लागेको युवा टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनले फिर्ता पठाएको छ । सोमवार राति ११ बजे त्रिभुबन विमानस्थलबाट जापानका लागि उड्न १४ जनाको टोली अन्तर्राष्ट्रिय विमान स्थल पुगेको थियो ।
अध्यागमन अध्यागमन अधिकारीहरुले विदेशमा खेल्न जान पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती र राष्ट्रिय खेलकुद परिषदको पत्र माग गरेका थिए । जिल्ला प्रशासन कार्यालय कास्कीको सिफारिसका आधारमा जान लागेको टिमलाई विमानस्थलको अध्यागमनले रोकेको हो ।
बिमाानस्थलबाट फिर्ता भएको जानकारी दिंदै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले बुधबार आवश्यक पत्र बनाइदिने बताए । पूर्व राष्ट्रिय खेलाडी एवम प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा जान लागेको टिमलाई आइतबार पोखरा बाट क्षेत्रिय अध्यक्ष पौडेलले विदाइ गरेका थिए । उनले रोकिएका खेलाडी मंगलबार सम्ममा जापान उडाउने तयारी भएको समेत बताए ।
कोफा पुमा टोरेरो कप फुटबल एक वृहद प्रतियोगिता भएको र यहाँका खेलाडीले सहभागिता जनाए पछि फुटबलमा धेरै कुरा सिक्ने र अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने भन्दै जापान स्थित फन रुट्स फुटबल एकेडेमीमा कार्यरत पूर्व राष्ट्रिय खेलाडी एवम एकेडेमीका प्रशिक्षक बसन्त गौचनको पहलमा उनीहरुलाई जापान लैजाने तयारी गरिएको थियो ।
गत वर्ष पनि यहि कार्यक्रम अन्र्तगत यस्तै युवा समुहलाई निशुल्क रुपमा जापान लगिएको थियो । फन रुट्स फुटबल एकेडेमीले नै हरेका वर्ष यो प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
चीनको हाङ्जाओमा १९ औं एसियाली खेलकुदको भव्य उद्घाटन [तस्वीरहरू]
पारस खड्का क्यानको सचिवमा निर्वाचित, अध्यक्षमा चतुर निर्विरोध
पाठक प्रदेश खेलकुद परिषद् गण्डकीको निमित्त सदस्यसचिव
गण्डकी प्रदेश लामाचौर भलिबल कप च्याम्पियन, पुलिस उपविजेता
आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको तयारी सुरु
लामाचौर भलिबल कपः महिलातर्फको उपाधि पुलिसले जित्यो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि