प्रकाशचन्द्र सापकोटा पोखरा, १ वैशाख / हेमजा युनाईटेड पोखरा लेखनाथ– २५ हेमजाले आयोजना गर्न लागेको शुभकामना कप–२०७५ नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गर्नेछन्।
‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मुल नाराका साथ गौरीशंकर खेल मैदान (गैरी) मा हुन लागेको उक्त प्रतियोगिता वैशाख १ गते देखि ८ गते सम्म चल्ने छ।
प्रतियोगिता सम्पन्न गर्नका लागि गठित विभिन्न उपसमितिले तयारी पुरा गरेको हेमजा युनाईटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले जानकारी दिए।
प्रतियोगितामा एन्फा कास्कीमा आवद्ध क्लब, अन्य जिल्लाका क्लबहरु र विभागिय क्लब सहभागि हुने छन्। प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १८ लाख ६८ हजार तीन सय ३३ रुपैया खर्च लाग्ने अनुमान गरिएको हेमजा युनाईटेडका कोषाध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख २२ हजार दुई सय २२ र दोस्रो हुनेलाई १ लाख ११ हजार एक सय ११ रुपैया ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ। प्रतियोगितामा १६ टिमको सहभागिता हुने अपेक्षा गरिएको छ। टिम दर्ता शुल्क १० हजार राखिएको छ।
प्रतियोगितामा सर्वोकृष्ट खेलाडी, उत्कृष्ट कोच, उत्कृष्ट गोलकिप्पर, डिफ्रेन्स, मिड फिल्डर, स्टाइगर, बढी गोल गर्नेलाई पनि पुरस्कारको व्यवस्था गरिएको कुँवरले जानकारी दिए। सर्वोकृष्ट खेलाडीलाई सात हजार सहित ट्रफी र अरुलाई पाँच÷पाँच हजार र ट्रफीको व्यवस्था गरिएको छ। त्यस्तै अनुशाशित टिमलाई नगद १० हजार र ट्रफि प्रदान गरिने छ।
प्रतियोगितामा प्रत्यक खेलमा म्यान अफ दि म्याचलाई एक हजार ५ सय र ट्रफि प्रदान गरिने छ।
प्रतियोगिताको प्रथम पुरस्कार जनता हार्डवयर्सका प्रोपाइटर रविन कुँवर र सन्तोष किराना स्टोर्सका प्रोपाइटर सन्तोष क्षत्रीले दिने घोषणा गरेका छन्। त्यसैगरी सरल हार्डवयर्स एण्ड सप्लायर्सका प्रोपाइटर लेखबहादुर कुँवरले द्धितीय पुरस्कार दिने घोषणा गरेका छन्।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु