प्रकाशचन्द्र सापकोटा पोखरा, १ वैशाख / हेमजा युनाईटेड पोखरा लेखनाथ– २५ हेमजाले आयोजना गर्न लागेको शुभकामना कप–२०७५ नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गर्नेछन्।
‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मुल नाराका साथ गौरीशंकर खेल मैदान (गैरी) मा हुन लागेको उक्त प्रतियोगिता वैशाख १ गते देखि ८ गते सम्म चल्ने छ।
प्रतियोगिता सम्पन्न गर्नका लागि गठित विभिन्न उपसमितिले तयारी पुरा गरेको हेमजा युनाईटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले जानकारी दिए।
प्रतियोगितामा एन्फा कास्कीमा आवद्ध क्लब, अन्य जिल्लाका क्लबहरु र विभागिय क्लब सहभागि हुने छन्। प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १८ लाख ६८ हजार तीन सय ३३ रुपैया खर्च लाग्ने अनुमान गरिएको हेमजा युनाईटेडका कोषाध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख २२ हजार दुई सय २२ र दोस्रो हुनेलाई १ लाख ११ हजार एक सय ११ रुपैया ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ। प्रतियोगितामा १६ टिमको सहभागिता हुने अपेक्षा गरिएको छ। टिम दर्ता शुल्क १० हजार राखिएको छ।
प्रतियोगितामा सर्वोकृष्ट खेलाडी, उत्कृष्ट कोच, उत्कृष्ट गोलकिप्पर, डिफ्रेन्स, मिड फिल्डर, स्टाइगर, बढी गोल गर्नेलाई पनि पुरस्कारको व्यवस्था गरिएको कुँवरले जानकारी दिए। सर्वोकृष्ट खेलाडीलाई सात हजार सहित ट्रफी र अरुलाई पाँच÷पाँच हजार र ट्रफीको व्यवस्था गरिएको छ। त्यस्तै अनुशाशित टिमलाई नगद १० हजार र ट्रफि प्रदान गरिने छ।
प्रतियोगितामा प्रत्यक खेलमा म्यान अफ दि म्याचलाई एक हजार ५ सय र ट्रफि प्रदान गरिने छ।
प्रतियोगिताको प्रथम पुरस्कार जनता हार्डवयर्सका प्रोपाइटर रविन कुँवर र सन्तोष किराना स्टोर्सका प्रोपाइटर सन्तोष क्षत्रीले दिने घोषणा गरेका छन्। त्यसैगरी सरल हार्डवयर्स एण्ड सप्लायर्सका प्रोपाइटर लेखबहादुर कुँवरले द्धितीय पुरस्कार दिने घोषणा गरेका छन्।
सम्बन्धित खबर
टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न
नवौं पोखरा स्पोर्ट्स अवार्ड-२०८१ : अरुणा शाही र विश्वास अधिकारी सर्वोत्कृष्ट
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीले जित्यो
लायन्स कप भलिबलः एपिएफलाई हराउँदै आर्मी तेस्रो
उदीयमान खेलाडीमा बादल, जितबहादुर र रचनाको प्रतिष्पर्धा, कसले पाउँला अवार्ड?
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
पोखरामा वडाध्यक्षले एकै दिन कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव
कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखराका वडाध्यक्ष पराजुली पक्राउ
पोखरा ४ का वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासत राख्न अनुमति