बागलुङ, १ बैशाख । बागलुङ, जैमिनी नगरपालिकामा बिरामी भएर घर बिदामा रहेका सशस्त्र प्रहरी जवानले अन्धाधुन्द त्रिशुल प्रहार गर्दा आफै सहित ७ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार चैत ३० गतेको सबेरै साढे ३ बजेको समयमा सीमा सुरक्षा गुल्म जोमसोम, मुस्ताङमा कार्यरत (हाल बिरामी भएर बिदामा घर बिनामारे आएका) सशस्त्र प्रहरी जवान ओमबहादुर मल्लले एक घण्टा टाढा एक महिलाको घरमा पुगेर त्रिशुल कब्जामा लिएर यस्तो उत्पात मच्चाएका हुन् ।
सुतिरहेको ओछ्यानबाट उठेर ३० वर्षीय मल्लले पहिले हात हेर्ने काम गर्ने गरेकी ३५ वर्षीया चुना परियारको घरमा पुगेर पूजाकोठी खोल्न लगाई त्यहाँ रहेको त्रिशुल झिकेर परियारलाई प्रहार गरेका थिए ।
परियारले हार गुहार गरेपछी जम्मा भएका छरछिमेकीहरु माथि समेत मल्लले त्रिशुल प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ । छिस्ती प्रहरी चौकीमा सूचना प्राप्त हुँदा साथ टोली घटनास्थल पुगी मल्ललाई नियन्त्रणमा लिएको र घाईतेहरुलाई उपचारका लागि धौलागिरी अन्चल अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार त्रिशुल प्रहार गर्ने सशस्त्र प्रहरी जवान मल्लपनि रक्ताम्मे हुने गरी घाईते भएकाले उनका आफन्तले शुक्रबार ६ बजे थप उपचारका लागि पोखरा लगेका छन् ।
घटनामा घाईते हुनेहरु ८० वर्षिया भूपी दमिनी, ३५ वर्षकी चुना परियनार, वर्ष ५० का हरि परियार, वर्ष ४५ की पूर्णकली परियार, ३७ वर्षिय गणेश केसी तथा वर्ष ३१ की निर्मला केसी रहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी जवान मल्ल राति उठेर एक घण्टाको दुरीमा रहेको हात हेर्ने काम गर्ने चुना परियारको घरमा पुगेर पूजा कोठीमा रहेको त्रिशुल झिकेको घटनाले मल्ललाई पहिले नै चुनाको घरका बारेका यथेष्ट जानकारी थियो वा उनी कुन सुरमा चुनाको घरमा पुगे ? यसको अनुसन्धान भईरहेको जनाईएको छ ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो