- कनेक्ट भएको मोबाइलमा १ घण्टा मात्र चल्ने
पोखरा, १ बैशाख । नयाँ बर्षको अवसरमा पोखराका दुई स्थानमा नि:शुल्क वाइफाई (फ्री वाईफाई) इन्टरनेटको व्यवस्था गरेको छ ।
नयाँ बर्षको पहिलो दिन पारेर महानगरले पोखराका दुई स्थान पश्चिमाञ्चल अस्पताल (पश्चिमाञ्चल स्वास्थ्य प्रतिष्ठान) र पोखरा एअरपोर्टमा फ्री वाइफाईको व्यवस्था गरेको हो ।
स्थानीय निकायको निर्वाचनमा पोखराको विभिन्न स्थानमा निशुल्क वाईफाइको ब्यवस्था गर्ने प्रतिबद्धता ब्याक्त गरेका प्रमुख मानबहादुर जिसीलेको पहलमा पहिलो पटक फ्री वाइफाईको ब्यबस्था गरिएको हो।
फ्री वाइफाईको उद्घाटन प्रदेश नम्वर ४ का मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले गरेका छन्। वाईफाईको उद्घाटन गर्दै गुरुङले बाम गठबन्धनले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार फ्री वाइफाईको ब्यवस्था मिलाएको बताए। ‘गठबन्धनले ५ बर्ष भित्र देशभर फ्री वाइफाईको व्यवस्था गर्ने भनी गरेको प्रतिबद्धताको सुरुवात भएको छ’ उनले भने। ‘अब, क्रमश प्रदेशको अन्य स्थानहरुमा पनि बिश्तार हुनेछ।’
पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले फ्री वाइफाईको पहिलो प्राथमिकता हस्पिटल, बसपार्क लगायतका स्थान परेको बताए। ‘पहिलो पटक सुरुवात पश्चिमाञ्चल स्वास्थ्य प्रतिष्ठानबाट गरेका छौं’ उनले भने। ‘अब क्रमश पोखराको अन्य स्थानहरुमा समेत निशुल्क वाईफाइको व्यवस्था मिलाउदै जानेछौ।’
फ्री वाइफाईले सर्वसाधारणलाई सहज रुपमा सूचना आदान प्रदान गर्न र सूसुचित हुन सहयोग पुग्ने उनको विश्वास थियो । जिसीले आफुले निर्वाचनको वेला जनतासंग गरेको प्रतिबद्धता अनुरुप फ्री वाइफाईको व्यवस्था मिलाएको बताए। ‘अब, क्रमश महानगरको विभिन्न स्थानहरुमा समेत ब्यवस्था मिलाउदै जाने छौं’उनले भने। ‘हामी ब्याक्तगरेको प्रतिबद्धता पुरा गर्ने दिशा तर्फ उन्मुख हुन्छौ।’
वल्डलिङको प्राविधिक सहयोगमा जडानगरिएको फ्री वाइफाई चलाउने ब्याक्तिले ५ एमविपिएस बराबरको इन्टरनेट गती प्राप्त गर्नेछन् । इन्टरनेट कनेक्ट भएको १ घण्टा सम्म मात्र उक्त मोवाइलमा फ्री इन्टरनेट चल्ने ब्यवस्था मिलाइएको छ ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो