मेष राशीः २०७५ तपाईंको लागि शुभ छ कि अशुभ ?

मेष राशीः २०७५ तपाईंको लागि शुभ छ कि अशुभ ?

Mesh

मेष

यो वर्ष समग्रमा धेरै अनुकुल र थोरै प्रतिकुल देखिन्छ । वर्षारम्भ गुरुदेवको अनुकुलताले पढाई लेखाई तथा अनुसन्धानका क्षेत्रमा राम्रो हुनेछ । व्यवसाय परिवर्तनको सम्भावना देखिन्छ । राहु र केतुको प्रभावले काम काजमा विलम्ब गराउनेछ तर प्रयत्न गरेमा गन्तव्यमा पुग्न सकिनेछ । आश्विनबाट गुरु प्रतिकुल हुदा पढाई लेखाईमा अवरोध आउनेछ नोकरीबाट सन्तुष्टि मिल्ने छैन । व्यवसायमा बढि लगानी र उधारो कारोवार गर्दा विचार गर्नु होला नत्र डुब्न सक्छ । परिवारजनबाट अपेक्षाकृत सहयोग कम मिल्नेछ ।

मेष राशिलाई बर्षारम्भमा शनि भाग्यभावमा, गुरु सप्तम भावमा, चतुर्थ राहु र दशममा केतु छन्। भाग्य भावमा दशमेश र एकादशेश शनि, भाग्यस गुरु सप्तम भावमा गोचर गरिरहेकाले धार्मिक र व्यवसायिक यात्राको योग बलियो छ। सुखद दाम्पत्य जीवन प्राप्त हुने, पतिपत्नीबीचको सम्बन्ध राम्रो हुने र सन्तान प्राप्तिका लागि यो शुभ अवसर पनि हो।

सन्तानहरूले छात्रबृत्ति प्राप्त गरी वैदेशिक शिक्षा आर्जन गर्ने अवसर पाउनेछन्। विदेश बसाइ सराइ गर्न खोज्नु भएको छ भने त्यो पनि असम्भव नहोला। प्रेमको यात्राले वैवाहिक मार्ग अवलम्वन गर्ने योग छ। वैदेशिक कार्यमा रुचि बढ्ने, रुचिअनुसारै लाभ प्राप्त भई खुसी पनि बढ्ने योग छ।

कूटनीतिक कार्यमा कुशलता हासिल गरी राज्यबाट सम्मान पाउनुहोला, पश्चिमी देशको यात्रा बलियो रहनेछ। फलाम र धातुको व्यवसाय राम्रो रहनेछ। निजी कम्पनीको जागिर वा आफ्नै निजी कार्यको आरम्भ गर्न समयले साथ दिनेछ। धन आर्जनका अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन्।

चतुर्थ राहु र दशममा केतुले आमाबुबाको स्वास्थ खराब भई धन नाश गराउने, सरकारी सेवामा संकट आउने, मित्रहरूबाट धोका हुने, परिवारबाट अविश्वास हुने हुँदा महत्वपूर्ण कामलाई गोप्य राख्नु नै उचित हुनेछ। असोज १९ देखि अष्टममा जाने भाग्येश गुरुका कारण स्वास्थ्य कमजोर भई स्वास्थोपचारमा धन नाश हुने र लेनदेनमा कठिनाइ आउने, शरीरमा चोटपटक लाग्ने सम्भावना रहेकाले नगद कारोवारदेखि टाढा रहनु होला। सवारी साधन चढ्दा र चलाउँदा ध्यान दिनुहोला।

फाल्गुन १० मा राहु तृतीय र फाल्गुन १९ मा गुरु भाग्यमा प्रवेश गर्ने भएकोले समय राम्रो हुनेछ। फाल्गुन महिनाको अन्त्यम १० दिन बर्षभरिकै उत्कृष्ठ रहने । आषाढ, असोज, माघ र फाल्गुन महिना राम्रो रहनेछ। वैशाख, भाद्र, कार्तिक, पौष मध्यम र अाषाढ श्रावण मार्ग तथा चैत्र महिना अनिष्ठ रहनेछन्।

(पं. अाेजराज लाेहनी सहित विभिन्न ज्योतिषीका राशीफल मिश्रण गरिएको )

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds