बृष राशीः २०७५ तपाईंको लागि शुभ छ कि अशुभ ?

बृष राशीः २०७५ तपाईंको लागि शुभ छ कि अशुभ ?

Brish

बृष

समग्रमा बृष राशिको लागि ग्रहगोचर मध्यम रहनेछ। अढैया शनिको प्रभाव बर्षभरि नै रहनेछ। यसकारण स्वास्थ्यमा बाधा, लेनदेनमा विवाद तथा आर्थिक कठिनाइहरू बढ्नेछन्। मनमा अनेक चिन्ताले बास गर्नेछ। विश्वास गरेकाहरूबाटै धोका हुने, मित्रहरूले पनि गलत बुझेर असहयोग गर्दा सामाजिक कार्यमा अघि बढ्दा आलोचित हुनुपर्नेछ।

जन्मकुण्डलीमा शनि ग्रह खराव हुनेका लागि वर्ष त्यति अनुकुल नहुनसक्छ । आर्थिक पक्ष दूर्वल हुनेछ । दिएको धन फिर्ता लिन गाह्रो हुनेछ । आफन्त बनेर धोका दिनेछन् । स्वास्थ्यमा समस्या आउनेछ । मिलेर कुनै काम गर्नु हुनेछैन । पारिवारिक समस्या बढ्नेछन् । मानसिक तनाव झेल्नु पर्नेछ । शैक्षिक क्षेत्र कमजोर रहेकोछ । वैदेशिक क्षेत्र थोरै अनुकुल देखिन्छ । देश,विदेशको यात्रा हुनेछ । शत्रुहरु कमजोर हुनेछन् । व्यवसाय परिवर्तनको चहाना बढ्नेछ । नोकरीबाट लाभान्वित हुनुहुनेछ । काममा ढिला सुस्ति हुनेछ ।

नोकरीमा समस्या आउनुको साथै स्थानान्तरण हुने सम्भावना छ । राज्यले उपेक्षा गर्ने भएकोले राजनीतिमा प्रशस्त उतारचढाव आउनेछ । सबैतिरबाट अपजश आउने, हाडजोर्नीको पीडा पनि कमी हुँदैन। मनमा अनेक दुविधाले बास गर्नेछ । धार्मिक कार्यमा दुविधा बढ्ने शत्रुले अक्रमण गर्ने योग छ । पितासँगको सम्बन्ध प्रतिकूल रहने, अरुबाट तीब्र आलोचना हुनेछ ।

सहयोगीहरूबाट अत्यावश्यक समयमा धोका हुने, हात दुख्ने, पेटमा पीडा धेरै हुने भएकोले खानपानमा ध्यान दिनुहोला । मान्यजनहरूले समेत प्रतिकूल व्यवहार गरेर चिन्तित हुनुपरे पनि आश्विन १९ पछि गुरुले सातौँ भावमा गाचेर गर्ने र तृतीय राहुको अनुकूलता रहेको हुँदा प्रयत्न गर्दा व्यापार र वैदेशिक कार्यबाट प्रशस्तै आम्दानी गर्न सकिनेछ ।

नयाँ प्रेमको प्रस्ताव आउने र अनायास पुराना प्रेमप्रसङ्गले वैवाहिक रुप लिन सक्छ । सन्तानको इच्छा हुनेका लागि यो अनुकूल समय हो । आम्दानीको नयाँ स्रोत हात पर्नेछ । जोश र जाँगर बढ्नेछ । अरुको विश्वास जित्न सकिनेछ । पढाइमा रुचि बढ्ने र सफलता पनि मिल्ने योग छ । मित्रहरूको सहयोग पाउने, परिवारले सफलताको लागि साथ दिने पतिपत्नीबीच बिग्रिएको सम्बन्ध सुध्रने, घरजग्गा र सवारी साधन जोड्ने अवसर मिल्नेछ । नयाँकामको प्रस्ताव आउनेछ ।

बौद्धिक कार्यमा अग्रसर हुँदा राज्यले उचित स्थान र मान दिने सम्भावना पनि देखिन्छ । विदेश बस्ने प्रयासमा हुनुहुन्छ भने त्यो पनि अनुकूल रहनेछ । कूटनीतिक कार्यमा ठूलो सफलता मिल्नेछ । फल्गुन १० मा द्वितीय राहु र फाल्गुन २५ मा अष्टममा गुरु प्रवेश हुने हुँदा समय फेरि प्रतिकूल हुनेछ । विनाकारण विवाद बढ्ने, आर्थिक कठिनाइ अरुकै कारण आउनेछ । धातु रोगको सामना गर्न पर्ने योग छ ।

महत्वपूर्ण कामहरू आश्विन १९ देखि फाल्गुन १० सम्ममा गरी सक्नुपर्नेछ। श्रावण, कार्तिक, फाल्गुन, चैत्र शुभ महिना र ज्येष्ठ, आश्विन मार्ग मध्यम र वैशाख, आषाढ, भाद्र, पौष खराब महिना हुन् ।

(पं. अाेजराज लाेहनी सहित विभिन्न ज्योतिषीका राशीफल मर्ज गरिएको)

[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds