पोखरा । सामाजिक परिचालकले दिनहुँ पोखरा लेखनाथ महानगरपालिका कार्यालयको गेट कुर्न थालेको १६ दिन नाघिसक्यो । तर, उनीहरुको माग अझै पूरा भएको छैन । दैनिक पूर्वान्ह ११ देखि दिउँसो २ बजेसम्म धर्नामा बस्छन्, नाराबाजी गर्छन् जान्छन् । तर कहिलेकाहिँ उनीहरुलाई धरपकड पनि हुन्छ ।
गत वैशाख १४ गते एक वडा अध्यक्ष सहित नगरप्रहरीबाट दुव्र्यवहार भएको थियो । आइतबार त दुई जना घाईते नै हुने गरी नगरप्रहरीले बुट बर्साएको भन्दै महिलाहरु मिडिया सम्म आइपुगेका छन् । पुरुष नगरप्रहरीले ब्यानर राख्न नदिएपछि प्रतिवाद गर्दा संगीता भण्डारी र शान्ति मल्ल ठकुरी कुटिएको कमला बास्तोला खनालले जानकारी दिईन् ।
‘पुरुषहरुले महिलालाई बुट बजारेका छन् ? हाम्रो आन्दोलन कति शान्तिपूर्ण छ सबैलाई थाहा छ। ’ उनले भनिन्– ‘आईतबार पनि हामी ११ बजेतिर ब्यानर गेटमा टाँसेर धर्ना सुरु गर्न लागेका थियौं । एक घण्टा अघि नै प्रहरी र नगरप्रहरी रहेछ । हामीलाई ब्यान टाँस्न दिएनन् । अनि नगरप्रहरी महिला विरुद्ध दमनमा उत्रिए । सुत्केरी र गर्भवती घाईते हुने गरी लात्तीले कुटे ।’ उनले असई पुरुषोत्तम थापाले बुटले हानेको बताईन् । आईतबारको घटनापछि मानव अधिकार आयोग र इन्सेक प्रतिनिधिले सोमबार अनुगमन समेत गरेका छन् ।
आईतबार १५ दिन पूरा भएको सन्दर्भमा ऐक्येबद्धता जनाउने कार्यक्रम पनि सुरु भएको उनले बताईन् । नेपाली काँग्रेसकी नेतृ तथा पूर्व सभासद् शारदा पौडेल, काँग्रेस नेतृ सरस्वती गुरुङ धर्ना स्थलमै पुगेर सामाजिक परिचालकको मागमा ऐक्येबद्धता प्रकट गरेका छन् । नेतृ गुरुङले महिलाहरुलाई स्थानीय सरकारले हेपेको बताउँदै तुरुन्त काममा फर्काउन सामाजिक सञ्जालमार्फत अपिल गरेकी छिन् ।
सोमबार वडा नागरिक मञ्च पोखरा ७ संयोजक राममोहन आचार्य, पर्यटन व्यवसायी मन्दरा ढकाल, वडा नंं. १० सदस्य सम्मरबहादुर श्रेष्ठले एक्येबद्धता जनाए ।
करारको जागिरको अवधि थप नभएपछि आन्दोलित कास्की जिल्लाका सामाजिक परिचालकहरुले १६ दिनदेखि यसरी नै धर्ना दिँदै आइरहेका हुन् । महानगरपालिकासहित ५ स्थानीय तह रहेको कास्कीमा महानगरमा ४६ र अन्य ४ गाउँपालिकामा २९ जना गरी ७५ जना सामाजिक परिचालक छन् । माछापुच्छ्रे गाउँपालिकामा ८, अन्नपूर्ण गाउँपालिकामा ५, रुपा गाउँपालिकामा ७ र मादी गाउँपालिकामा ९ जना सामाजिक परिचालक छन् ।
महानगरपालिकाले नियुक्त गरेपछिमात्रै गाउँपालिकाले नियुक्त गर्ने बताएपछि सबै सामाजिक परिचालक पोखरा महानगरपालिका केन्द्रित भएर आन्दोलन गरिरहेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आइसकेका कारण गत पुस १७ गतेबाट स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) कार्यक्रम समाप्त भयो र करिब पाँच हजार सामाजिक परिचालकको जागिर गुमेको थियो । उनीहरुको देशभरको आन्दोलनले यसै असार मसान्तसम्म पुनः काममा राख्ने निर्णयमा सरकार पुगेको थियो ।
२०७४ चैत १२ गते मन्त्रिपरिषद्को निर्णय अनुसार चैत १६ देखि नै मुलुकभर सामाजिक परिचालकले काम सुरु गरिसक्दा कास्कीका स्थानीय तहले भने नियुक्ति दिएको छैन । त्यसैले, कास्कीमा सामाजिक परिचालक आन्दोलनमा उत्रेका हुन् ।
सम्बन्धित समाचार
सम्बन्धित खबर
स्थानीय तह कर्मचारी संठनले बुझायो २७ बुँदे माग राख्दै ज्ञापनपत्र
अनुशासित र इमान्दारितापूर्वक काम गर्न नगर प्रहरीलाई उपमेयर गुरूङको निर्देशन
ईन्टर कलेज ब्याण्ड कम्पिटिशनका दर्शकलाई एनटिसीको सीम निःशुल्क वितरण गरिने
बिरामीको मृत्युपछि पोखरा मणिपालका डाक्टरमाथि हातपात
पर्यटन दिवसमा असोज १० गते लेकसाइडमा सडक महोत्सव हुने
ब्रेकिङ: पोखराको चाउथेबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि