पोखरा । हेमजाको गौरीशंकर माविले कास्की जिल्ला स्तरिय १० औं राष्ट्रपति कपको उपाधि उचालन सफल भएको छ । कास्की जिल्ला खेलकुद विकास समितिले पोखरा रंगशालमा आयोजना गरेको प्रतियोगितामा सहभागी ७१ विद्यालयलाई उछिन्न सफल गोरीशंकरले ओभरअलमा ८ स्वर्ण, ७ काश्य र १ रजत पदक प्राप्त गर्दै उपाधि हासिल गरेको हो ।
प्रतियोगितामा गौरीशंकरले एथलेटिक्समा ८ स्वर्ण, ५ रजत र १ काश्य र कब्बडीमा २ रजत प्राप्त गरेको थियो । गौरीशंकर २०७२ सालको समेत च्याम्पियन हो । उपाधी उचालेको गौरीशंकरले प्रथम पुरुस्कार नगद १५ हजार सहित आर्कषक रनिङ्ग शिल्ड प्राप्त गरेको छ । गौरीशंकरले विद्यालयमा खेलकुद पूर्वाधारका लागि थप नगद ३५ हजार समेत पाएको हो ।
त्यसैगरि प्रतियोगितामा गत वर्षको च्याम्पियन टप्स माविले ५ स्वर्ण, २ रजत र ७ काश्यमा चित्त बुझउँदै दोश्रो स्थान हासिल गरेको छ । टप्सले एथलेटिक्समा १ रजत र ६ काश्य, उशुमा ४ स्वर्ण, १ रजत र १ काश्य तथा भलिबलमा १ स्वर्ण जितेको थियो । उसले नगद पुरुस्कार १२ हजार प्राप्त गरेको छ । टप्स माबी २०७०, २०७१ र २०७३ को च्याम्पियन रहेको थियो ।
प्रतियोगितामा त्रिवेणी बोर्डिङले तेश्रो स्थान हासिल गरेको छ । उसले प्रतियोगितामा ५ स्वर्ण, १ रजत र ७ काश्य पदक हासिल गरेको थियो । त्रिवेणीले एथलेटिक्स तर्फ ५ स्वर्ण, १ रजत र ६ काश्य तथा कब्बडीमा १ रजत प्राप्त गरेको छ । उसले तेश्रो स्थान संगै नगद ९ हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा सहभागी विद्यालयका करिव २ हजार खेलाडीलाई पछि पार्दै त्रिवेणी बोर्डिङ स्कुलका एथलेटिक्स छात्र तर्फका खेलाडी बिबेक अधिकारी उत्कृष्ट खेलाडी घोषित भए । त्यसै गरि छात्रा तर्फ शान्तिदिपकी कब्बडी खेलाडी बुद्धी माया मगर कविता उत्कृष्ट खेलाडी घोषित भइन । उनी कब्बडी खेलकी राष्ट्रिय खेलाडी समेत हुन । जिल्ला खेलकुद बिकास समिती कास्कीले उनीहरुलाई जनही नगद १० हजार छात्रवृती स्वरुप प्रदान गरेको छ ।
बैशाख २१ गते देखि जारी निर्वाचन र जिल्ला स्तरिय बिजेता विद्यालय र खेलाडीलाई पश्मिाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद बिकास समिती कास्कीका अध्यक्ष याम गुरुङ, राखेप कर्मचारी प्रतिष्ठानका अधिकृतहरु लेखनाथ कट्टेल र शुकुमार थापा, पश्मिाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगी, पश्मिाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका सदस्य देवेन्द्र क्षेत्री, जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बराल, जिल्ला खेलकुद बिकास समितीका सदस्य विष्णु माया गुरुङ, सदस्य झलक पोख्रेल, कोषाध्यक्ष दिपक गोदार, भलिबल संघका केन्द्रिय सचिब डिवी नेपाली लगाएतले ट्रफी, मेडल, कप, प्रमाणपत्र र नगद वितरण गरेका थिए ।
कार्यक्रममा २०७५ जेठ १८ गते देखि संचालन हुने प्रदेश नं ४ स्तरिय १० औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा छनौटमा परेका खेलाडीको नाम समेत घोषणा गरिएको थियो । क्षेत्रिय स्तरको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितालाई यस बर्ष देखि प्रदेश स्तरिय बनाइएको छ ।
जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख बरालका अनुसार सम्पन्न भएका प्रतियोगितामा तिन पटक सम्म पश्मिाञ्चलले शिल्ड माथी कब्जा जमाएको थियो । यस पटक पनि सोही अनुसारको तयारी थाल्ने भन्दै उनले सबै छनौटमा परेका खेलाडीलाई प्रशिक्षणको ब्यवस्था मिलाइएको बताए ।
सम्बन्धित खबर
उत्कृष्ट प्रदर्शनका बाबजुत भारतसँग हार्यो नेपाल, क्वार्टरफाइनलबाट बाहिरियो
माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल क्वार्टरफाइनलमा
पोखरा लिङ्कन कलेजले जित्यो ईन्टर कलेज ब्याण्ड कम्पिटिशनको उपाधि
तनहुँमाथि कास्की ३७ रनले विजयी
फुटबलर विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन
ईन्टर कलेज व्याण्ड कम्पिटिसनमा १८ कलेजका २१ टिमले प्रतिष्पर्धा गर्ने
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल