महेन्द्र जिसी, पर्वत । दुई गाई पालेर गुजारा चलाइरहेका कुश्मा नगरपालिका १० का राम चन्द्र पौडेलले ग्रामिण कृषि सहकारी मार्फत ऋण लिएर अहिले दर्जन पुर्याएका छन् ।
गाउँमै गाई फर्म सञ्चालन गरेर उदाहरणीय कृषक बन्न सफल पौडेलले उत्पादन गरेको दुध सहकारी मार्फत नै विक्रि वितरण हुँदै आएको छ । अहिले दैनिक ८५ देखि एक सय लिटरसम्म उत्पादन हुने दुधको विक्रि सहकारीले लिएपछि पौडेललाई बजारीकरणका लागि ढुक्क भएको छ ।
सहकारी मार्फत गाईलाई चाहिने घाँस बिऊ तथा दाना चोक्कर देखि प्राविधिक सहयोग समेत हुँदै आएको बताउँदै पौडेलले उत्पादन गरेको दुधको समेत सहकारीले नै खरीद गरेर बजारीकरण गर्दै आएको बताए । पौडेलले भने – गाई फर्मको मालिक बनाईदिएको सहकारीले गाईको लागि घाँस र दाना पानीको जोहो पनि सहकारीले लिएपछि काम गर्न ढुक्क भएको छु ।
यस्तै, फलेवास नगरपालिका तीनका तरकारी कृषक केशव तिवारीले पनि ग्रामिण सहकारी मार्फत कर्जा लिएर मल बिउ सहायताले तरकारी उत्पादन गर्दै आएका छन् । यसको पनि उत्पादित तरकारीको बजारीकरण सहकारीले नै जिम्मा लिएको छ । सहकारीले नै बजारीकरणको जिम्मा लिने र सहुलियतमा कर्जा उपलब्ध गराउने भएपछि आफू जस्तै सहकारीको सहायताले गाउँका तीस कृषक व्यवसायिक बनेको तिवारीले बताए ।
तिवारी र पौडेल जस्ता दुई सय कृषकहरुको शेयरमा सञ्चालित छ ग्रामीण कृषि सहकारीले युवाहरुलाई आर्थिक उपार्जन गर्न ऋण लगानी गर्ने र उत्पादन भएका वस्तुहरुको बजारीकरण गर्दैै आएको छ । बजारमा कृषि सहकारीका नाममा व्यापार गर्नेको होड चलिरहेको बेला ग्रामिण कृषि सहकारी भने गाउँका कृषकहरुसँग हातेमालो गरेर विपन्न लक्षित समुदायमा लगानी विस्तार गर्दै गाउँका कृषकहरुलाई व्यवसायिक बनाउने आएको हो ।
सहकारीका कार्यकारी प्रमुख राजु शर्माले कृषकहरुको शेयर मार्फत सञ्चालमा रहेको र सहकारीले कृषक माग र उत्पादीत समाग्रीको बजारी करण गर्दै आएको बताउनु भयो ।शर्माले सहकारी मार्फत उत्पादन बजार र माग लाई सम्बोधन गरेर कृर्षि पेशालाई शुनिश्चि बनाउने काम गरीरहेको बताउनु भयो ।
२०७० सालमा तीस जना कृषकहरु संगठीत भएर तीस लाखको लगानीका सञ्चालनमा रहेको सहकारीले अहीले सम्म दुई सय कृषकहरुलाई व्यवसायिक बनाईसहेको छ भने तीन करोड भन्दा बढी पुँजी निर्माण गरिसकेको छ । किसानहरुको माग , आवश्यता र कृषक लक्षित कार्यक्रम गर्दै सहकारीले सञ्चालनमा आएको चौथो वर्षमा नै तीन करोड पुँजी निर्माण गरेको हो ।
कृषकका नाममा सहकारी सञ्चालन गरेर व्यापार र वाणिज्यमा लगानी गराउने प्रचलनको विकास भईरहेको पर्वतमा कृषिका क्षेत्रमा लगानी गरेर निर्वाहमुखी कृषकहरुलाई व्यवासायिक बनाउनेमा पहिलो सहकारी बनेको हो । कृषि क्षेत्रको सरकारी बजेटको सदुपयोग नभई रहेको जिल्लामा कृषकहरु नै संगठित भएर सञ्चालित सहकारीले कृषकहरुका माग र आवश्यकतालाई सम्बोधन गर्दै लाभान्वित कृषकहरुलाई आधुनिक कृषि प्रविधिमा लगाउने जनाएको छ ।
कृषिका नाममा सरकारी अनुदान लिएर व्यापारमा लगानी गर्ने सहकारीको होड चलिएरको कुश्मा बजार कृषककै शेयर मार्फत कृषकहरुमा लगानी गरेर निर्वाह मुखी कृषकहरुलाई व्यवसायीक बनाउनेमा ग्रामीण कृषि सहकारी पहिलो रहेको छ । कृषकहरु मार्फत शेयर लगानी कृषि क्षेत्रमा लगानी गर्दै आएको सहकारीले अहिलेसम्म दुई सय कृषकहरुलाई व्यवसायिक बनाईसकेको छ ।
सम्बन्धित खबर
कुश्मा वडा नं. २ मा ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम प्रभावकारी
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु
एमाले पर्वतमा पदम गिरी समूह हाबी, गर्यो क्लीन स्वीप
एमाले पर्वत अधिवेशनः पदमपाणी र गोविन्दमा कसले जित्ला?
[अपडेट] पर्वत जलजलामा दम्पति हत्या: पोखराबाट विज्ञ चिकित्सक बोलाएर थप अनुसन्धान
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग