सुन्दर कुमार थकाली, मुस्ताङ । शनिवार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुुक्तिनाथ भ्रमणको पुर्वतयारी तथा व्यवस्थापनका लागि भारतीय प्राविधिक तथा व्यवस्थापनको एक टोली भारतीय वायुसेवा मार्फत जोमसोम आईपुगेको छ ।
अतिआवश्यकीय समाग्राीहरु तथा मेडिकल सामाग्री सहित उच्चस्तरिय टोली जोमसोम उत्रिएको हो । जोमसोम उत्रिएको प्राविधिक तथा विहिवार नै मुक्तिनाथ क्षेत्र जाने भएको छ । त्यस्तै, मोदी भ्रमणको व्यवस्थापनका लागि विहिवारनै भारतीय अधिकारी जिल्ला सुरक्षा समितिको मुक्तिनाथमा बैठक बस्ने सिडियो शिशिर पौडेलले जानकारी दिए ।
यस्तै, जिल्ला सुरक्षा समितिले मोदी भरपर्दो सुरक्षाका लागि भोली शुक्रवार मध्यान्ह ४ बजेदेखि शनिवार १२ बजे सम्म मुक्तिनाथक्षेत्रको ८ सय मिटर वरपर पुरै शिल गर्ने भएको छ । उनले मोदीको सुरक्षाका राज्यका तर्फबाट पर्याप्त सुरक्षाकर्मी परिचालन हुने बताए ।
मुुस्ताङको आकाशमा बिहिवार मोदी भ्रमणका लागि हेलिमय भएको छ भने जिल्ला पुरै मोदीमय बनेको छ । शनिवार हुने मोदी भ्रमणको स्वागतका लागि जिल्ला समन्वय स्वागत समितिले, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र मुक्तिनाथ बिकास समितिले ४ वटा स्वागत गेट निर्माण गरेको छ ।
मोदी भ्रमणका लागि मुक्तिनाथक्षेत्रमा ५ वटा हेली प्याड बनाईएको छ । मोदीले मुक्तिनाथका पुजारी कृष्ण प्रसाद सुबेदीसंग पुजा र दर्शन गर्ने भएका छन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ