पोखरा, २७ बैशाख । कास्की जिल्ला टेबुल टेनिस संघको आयोजनामा बिहिबार देखि पोखरामा दोश्रो आमन्त्रित टेबुल टेनिस प्रतियोगिता २०७५ सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशालामा पूर्वाधार बिकासमा गति दिन चाहेको बताए । उनले टेबुल टेनिस खेलको पूर्वाधारमा जती बिकास हुनु पर्ने हो त्यो हुन नसकेको प्रशंग राख्दै भने– ‘१३ औं दक्षिण एशियाली खेलकुद (साग)मा टेबुल टेनिस बाट समेत पदकको आशा लिएका छौं ।’
पोखरामा टेबुल टेनिस खेलका लागि व्यवस्थित इन्डोर कोर्ट निर्मांण गर्ने वा व्याडमिन्टन कोर्टको निर्माण सम्पन्न भएपछि हालको व्याडमिन्टन कोर्ट लाई नै प्रयोग गर्ने गरी व्यवस्था मिलाउने अध्यक्ष पौडेलले बताए । उद्घाटन कार्यक्रममा कास्की जिल्ला टेबुल टेनिस संघका सल्लाहकार बाबुराम पन्तले यस्ता प्रतियोगिताले टेबुल टेनिस खेलका नयाँ पुस्ताका खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।
कास्की जिल्ला टेबुल टेनिस संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघकी उपाध्यक्ष निर्मला बराल, सचिब फणिन्द्र तिमिल्सिना लगाएतले मन्तव्य राखेका थिए ।
उक्त आमन्त्रित टेबुल टेनिस प्रतियोगितामा ८ जिल्लाका जुनियर तथा सिनियर महिला २५ पुरुष २२ गरि ४७ जना खेलाडीहरुको सहभागिता रहेको छ । तिन दिन सम्म चल्ने प्रतियोगितामा बिजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ३ लाख खर्च लाग्ने अध्यक्ष जोशीले जानकारी दिए ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु