पोखरा, २७ बैशाख । कास्की जिल्ला टेबुल टेनिस संघको आयोजनामा बिहिबार देखि पोखरामा दोश्रो आमन्त्रित टेबुल टेनिस प्रतियोगिता २०७५ सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशालामा पूर्वाधार बिकासमा गति दिन चाहेको बताए । उनले टेबुल टेनिस खेलको पूर्वाधारमा जती बिकास हुनु पर्ने हो त्यो हुन नसकेको प्रशंग राख्दै भने– ‘१३ औं दक्षिण एशियाली खेलकुद (साग)मा टेबुल टेनिस बाट समेत पदकको आशा लिएका छौं ।’
पोखरामा टेबुल टेनिस खेलका लागि व्यवस्थित इन्डोर कोर्ट निर्मांण गर्ने वा व्याडमिन्टन कोर्टको निर्माण सम्पन्न भएपछि हालको व्याडमिन्टन कोर्ट लाई नै प्रयोग गर्ने गरी व्यवस्था मिलाउने अध्यक्ष पौडेलले बताए । उद्घाटन कार्यक्रममा कास्की जिल्ला टेबुल टेनिस संघका सल्लाहकार बाबुराम पन्तले यस्ता प्रतियोगिताले टेबुल टेनिस खेलका नयाँ पुस्ताका खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।
कास्की जिल्ला टेबुल टेनिस संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघकी उपाध्यक्ष निर्मला बराल, सचिब फणिन्द्र तिमिल्सिना लगाएतले मन्तव्य राखेका थिए ।
उक्त आमन्त्रित टेबुल टेनिस प्रतियोगितामा ८ जिल्लाका जुनियर तथा सिनियर महिला २५ पुरुष २२ गरि ४७ जना खेलाडीहरुको सहभागिता रहेको छ । तिन दिन सम्म चल्ने प्रतियोगितामा बिजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ३ लाख खर्च लाग्ने अध्यक्ष जोशीले जानकारी दिए ।
सम्बन्धित खबर
यू-१९ साफ च्याम्पियनशीप: माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
चीनको हाङ्जाओमा १९ औं एसियाली खेलकुदको भव्य उद्घाटन [तस्वीरहरू]
पारस खड्का क्यानको सचिवमा निर्वाचित, अध्यक्षमा चतुर निर्विरोध
पाठक प्रदेश खेलकुद परिषद् गण्डकीको निमित्त सदस्यसचिव
गण्डकी प्रदेश लामाचौर भलिबल कप च्याम्पियन, पुलिस उपविजेता
आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको तयारी सुरु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि