नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दिप लामिछानेले आज इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा डेब्यु गरेका छन्। जारी सिजनमा बेन्चमा नै बसिरहेका सन्दिपलाई दिल्लीले लिगमा आफ्नो तीन खेल बाँकी रहँदा डेब्यू गराएको हो।
रोयस च्यालेञ्जर्स बेंग्लोरविरुद्ध घरेलु मैदान फिरोज शाह कोटलामा टस हारेर व्याटिङ्गको निम्तो पाएको दिल्लीले सन्दिपलाई मैदानमा उतारेकाे हाे। भारतको घरेलु क्रिकेट लिगमा छनोट भएपछि सबैको आकर्षणका केन्द्र बनेका सन्दिप लामिछानेले देल्लीबाट लगातार प्लेइङ ११ मा परेका अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलको स्थानमा खेलेका छन् ।
दिल्लीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा ११ खेलाडीको नाम उल्लेख गर्दा सन्दिपको नाम ७ औं नम्बरमा राखेपछि नै नेपालमा उनका समर्थकले खुशीयाली मनाउन सुरु गरे ।
दुई दिने नेपाल भ्रमणका दौरान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्दीप आइपिएल टोली दिल्लीमा रहेको चर्चा गरेकै दिन उनले खेल्ने मौका पाएका छन्। नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित नागरिक अभिनन्दन समारोहमा नेपाल आइपीएलसँग जोडिएको र पहिलोपटक नेपाली नौजवान सन्दिप लामिछाने खेलिरहेको भन्दै नेपाल–भारत सम्बन्धको उदाहरण दिएका थिए।
११ खेलमध्ये ८ खेलमा पराजित भएको दिल्लीको प्लेअफमा पुग्ने सम्भावना भने गणीतिय रुपमा मात्र सम्भव छ। यस सिजनमा दिल्ली प्लेअफमा पर्न संघर्षरत: छ। उसको गणितिय हिसाबले प्लेअफमा पर्ने सम्भावन अझै जिवितै छ। यसका लागि उसले आगामी खेलहरूमा फराकिलो जित हासिल हात पार्नुपर्ने छ।
आइपिएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन्। सन्दीप २० लाख भारतीय रुपैयाँमा दिल्लीमा आवद्ध भएका थिए।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु