गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत नेपालका सन्दिप लामिछानेले डेब्यू खेलमा विकेट लिएका छन् । दिल्लीले दिएको १८२ रनको लक्ष्य पछ्याएको रोयल च्यालेन्सजर्सविरुद्ध सन्दीपले पहिलो विकेट लिएका हुन् ।
सुरुमै बलिङमा आएका सन्दिपले आफ्नो दोस्रो ओभरको चौथो बलमा विकेट लिएका हुन्। १० खेलपछि सन्दीपलाई मैदानमा उतारेको दिल्लीले उनलाई बैंगलोरको जवाफी इनिङको पहिलो ओभरमै बलिङको अवसर दिएको थियो। उक्त ओभरमा सन्दीपले २ रन मात्र दिएको थिए। एउटा चौका लेग वाइ भएको थियो।
यस्तै आफ्नो दोस्रो ओभरको चौथो बलमा बैंलोरका ओपनर पार्थिव पटेललाई ६ रनमा आउट बनाए। सन्दीपछि बलिङ गरेका ट्रेन्ट बोल्टले आरसीबीका मोइन अलीलार्इ पहिलो बलमै पेभेलियन पठाएका थिए।
फिरोज शाह कोटला मैदान भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले रिसभ पन्तको ६१ रनको मद्धतमा मध्यम योगफल बनाउन सफल भएको थियो । सन्दिपले चार ओभर बलिङ गर्दा २५ रन खर्चेर १ विकेट लिन सफल भए ।
सन्दिप आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर हुन् ।
सम्बन्धित खबर
एमेच्योर फुटबलमा प्रेसियस ब्यूटी स्टुडियो च्याम्पियन
त्रिकोणात्मक टि–२० श्रृंखला: ओमानविरुद्ध नेपालको शानदार जित
एमेच्योर फुटबलमा आजदेखि क्वार्टरफाइनलका खेल
पोखराको नयाँगाउँमा एमेच्योर फुटबल प्रतियोगिता सुरू
नेपालको हारको श्रृंखला तोडियो, ओमानलाई हरायो
भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा गुरुङ, महासचिवमा पाठक
यो पनि पढौँ
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट डिस्चार्ज गरिएको भोलिपल्टै विजयपुर खोलामा शिशु मृत फेला
‘हनी ट्रयाप’मा पारेर ज्यान लिने मनिषा, बागलुङका प्रतिक गौतमसहित ५ जना पक्राउ
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
पोखरा विमानस्थल विहीबारदेखि बिहान साढे ४ बजेदेखि नै सञ्चालन