अश्विन दानी, गोरखा । पूर्व प्रधानमन्त्री, नयाँशक्ति नेपालका संयोजक एवं गोरखा २ बाट निर्बाचित सांसद बाबुराम भट्टराईले गत आठ महिनादेखि साउदी अरबमा जेलजीवन बिताइरहेका गोरखाका कुमार रानाको उद्धार गर्न एकलाख रुपियाँ दिने घोषणा गरेका छन् ।
८० लाख रुपियाँ जरिबाना तिर्न नसकेर गत असोजदेखि साउदी जेलमा रहेका भीमसेनथापा गाउँपालिका ७ का रानालाई जेलमुक्त गरी नेपाल ल्याउन भट्टराईले सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् । रानालाई उद्धार गर्ने उद्देश्यले रकम संकलन गर्न गठन भएको समितिले भट्टराईलाई भेटेर सहयोग गर्न अनुरोध गरेपछि भट्टराईले फेसबुकमार्फत सहयोगको घोषणा गरेका हुन् ।
भट्टराईले आफ्नो फेसबुकमा वालमा सरकारले कुनै सहयोग नगरेपछि नागरिककै पहलमा सहयोग आह्वान गरिएकोले सहयोग गर्न सबैमा आग्रह पनि गरेका छन् । ‘आफ्नो देशको गरीब नागरिक विपदमा पर्दा पाषाणहृदयी सरकारले कुनै सहयोग नगरेपछि नागरिकस्तरबाट यो पहल गरिएको छ ! बृद्ध बाबुआमा, नावालक सन्तान र सामान्य गृहिणी श्रीमती भएका गरीब कुमार रानालाई सहयोग गर्नु हामी सबैको कर्तव्य हुन्छ’ उनले फेसबुकमा लेखेका छन् ‘अतः देशविदेशमा बस्ने सबै नेपाली दाज्यूभाइ दिदीबहिनीहरूले उदार मनले ब्लडमनी संकलन अभियानले सार्वजनिक गरेको बैंक खाता (प्रभु बैंक, कलंकी शाखा, काठमाण्डौ, खाता नं. (०३९०१००१००६५६९०००००१) वा अन्य वैकल्पिक विधिमा सहयोग पठाउनुहुन हार्दिक अपिल गर्दछु । आफ्नो तर्फबाट रू एक लाख सहयोग गर्ने प्रतिबद्धता पनि गर्दछु ।’
रोजगारीको लागि छ बर्षअघि साउदी गएका रानाले चलाएको कम्पनीको गाडीले साउदी नागरिक घाइते भएका थिए । घाइतेले दिएको मुद्धाको फैसला गर्दै साउदी अदालतले ८० लाख रुपियाँ जरिबाना तोकेको थियो । जरिबाना तिर्न नसक्दा राना जेल जीवन बिताइरहेका छन् ।

सम्बन्धित समाचार
सम्बन्धित खबर
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
गोरखाको बारपाकमा आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण
गोरखामा बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, आमा गम्भीर घाइते
सरकारी तथा गैरसरकारी कार्यालयका कागजात कीर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा