महेन्द्र जिसी, पर्वत । पर्वतको मोदी गाउँपालिकाको तेस्रो गाउँ सभा पर्यटकीय गाउँ चित्रेमा सम्पन्न भएको छ । गाउँ कार्यापालिकाका सदस्यहरुले संघियता कार्यान्वयनको पहिलो वर्ष भएकाले नयाँ प्रणालीको सिकाई तथा तीन निर्वाचनका कारण अन्यौलतामै व्यतित भएको बताए ।
गाउँसभाले १८ वटा गाउँ नीति पास गरेको छ । गाँउपालिकाका कार्यपालिका सदस्य तथा वडा अध्यक्षहरुले गाउँको विकास र सम्बृद्धिका लागि आवश्यक विधेयक पास गराएका हुन् । गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले गाउँपालिका स्थानीय तह भईसकेको र गाउँपालिकालाई राजपत्र निश्कासन गर्न पाउने अधिकार संविधानले प्रत्यायोजन गरेका कारण गाउँका विकासका ऐन नीति पास गराउन गाउँसभाको आयोजना गरेको बताए ।
३७ वटा कानुन बनाउने स्थानीय तहलाई अधिकार संविधानले व्यवस्था गरेको भएपनि मोदी गाउँ पालिकाले वर्ष दिनको अवधि सम्म १८ कानुन निर्माण गरीरहेको गाउँ सभामा जनाइयो ।
मोदी गाउँपालिकाको कृषि व्यवसाय , पशु व्यवासाय प्रवद्र्धन र व्यवस्थापन गर्न आर्थिक विधेयक र गाउँपालिकाको प्रशासकीय व्यवस्थापन नियमित गर्ने विधेयक पास भएको छ । त्यस्त, गाउँपालिका हाता भित्र सञ्चालित सहकारी व्यवस्थापन गर्न सहकारी विधेयक, गाउँ पालिकाका न्यायिक समितिमा परेका उजुरी कार्वाही किनारा गर्न न्यायिक विधेयक पास भएको छ ।
गाउँसभाले बनाएका १८ कानुनको अधिकारमा रहने गरी विधेयक निर्माण गरेर गाउँपालिका स्तरको कानुन बनाउन लागिएको उपाध्यक्ष सेती महतले जानकारी दिईन् । गाउँ सभामा शिक्षा नीति तथा गाउँ कार्यविधिको समेत छलफल गरिएको थियो ।
गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले संघियता कार्यान्वयनको वर्ष रहेका कारण चुनिएका जनप्रतिनिधिहरुको लागि सिकाईको वर्ष रहेका कारण विकासे काम भन्दा पनि कानुन निर्माण लागू र नीति कार्यान्वयमा व्यतित भएको बताए ।
गाउँसभामा ८ वटै वडाका जन प्रतिनिधि तथा विषयगत शाखाका कर्मचारी र मनोनित सदस्यहरुको सहभागिता रहेको थियो । गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलको अध्यक्षतामा भएको गाउँसभाको उद्धघाटन जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर विश्वकर्माले गरे भने सञ्चालन प्रमुख प्रशासकीय अधिकृत कुमान सिँह गुरुङले गरेका थिए ।
सम्बन्धित खबर
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ