अश्विन दानी, गोरखा । गोरखा नगरपालिका ३ नारेश्वरकी पुतली (नाम परिवर्तन) भारतको कोठीमा थुनिएको जानकारी आएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।
गत बैशाख १ गते देखि हराएकी छोरी अहिले भारत स्थित पञ्जाबको कोठीमा रहेको जानकारी आएको उनकी आमाले जानकारी दिईन । केही समय अघि देखि पुतलीको भारतीय युवाहरुसँग सामाजिक सञ्जालमा कुरा समेत गरिरहने उनकी आमाले बताईन ।
‘छोरीले विदेश जान्छु भनेर पासपोर्ट बनाकी थिई’ पुतलीकी आमाले रुँदै भनिन् ‘विदेश जानुपर्दैन भन्दै ज्वाईले पासपोर्ट खोसेका थिए । विदेश जान नदिएको भन्दै ज्वाई छोरीको झगडा परिरहन्थ्यो ।’
छोरीले विदेश जाने भनेर जिद्धि गर्दागर्दै अहिले भारतको कोठीमा पुगेको खबर आयो । पुतली भारत स्थित पञ्जाबको कोठीमा पुगेको भनेर उनकै साथी सोनीयाले पुतलीकी आमालाई जानकारी दिएकी हुन् । केही दिन अघि पुतलीकी आमालाई अर्की साथी ज्योती मगरले छोरी भारतमा रहेको जानकारी दिएकी थिईन् ।
‘फोन गरेर इण्डियाको कोठीमा छ खान दिँदैन रे । यातना दिन्छ रे अनि बन्द कोठामा राख्या छ रे । मार्न लागिसक्यो यहाँ बाट निकाल्नुस भन्या छ रे ।’ पुतलीकी साथी सोनीया र ज्योतीलाई उद्दृत गर्दै आमाले भनिन् ।
पुतली पञ्जाबको कोठीमा रहेको कुरा उनका साथीहरुले आमालाई शनिबार मात्रै खबर गरेका हुन् । सोनीयासँग छोरीको कसरी फोन सम्पर्क भयो भन्नेबारे आमा अनविज्ञ छिन । अहिले सोनियाको फोन स्वीच अफ रहेको छ ।
भारतमा सम्पर्क गरेर पुतलीको बारेमा कसरी जानकारी लिएको भनेर सोध्दा उनले जानकारी दिन नमानेको आमाले बताईन । केही समय अघि पुतलीले विदेश जाने भनेर भारतकै राकेश सिंहको आग्रहमा पासपोर्ट बनाएको आमाले जानकारी दिईन् ।
काठमाडौँबाट पुतली हराएपछि उनका श्रीमानले काठमाडौँ प्रहरी र माइती नेपालमा समेत खबर निबेदन दिईसकेका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो