काठमाडौँ । नेपाली म्याराडोनाको रुपमा चर्चित फुटबल खेलाडी मणि शाहको सोमबार साँझ निधन भएको छ ।नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको ५१ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि कलेजोको रोगबाट पीडित शाह थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थिए ।
सन् १९९३ को दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्णपदक जित्दाका प्लेमेकर रहेका ५१ वर्षीय शाहको केही वर्षअघि लिभरमा समस्या देखिएको थियो।

शाहलाई आज बिहान ५ बजेदेखि भेन्टिलेटरमा राखिएको र साँझ ५ बजेर ४२ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको हो । राष्ट्रिय टोलीका पूर्व कप्तान शाहको उपचारको सम्पूर्ण खर्च एन्फाले बेहोरिरहेको छ।
मनाङमर्स्याङदी क्लबका पूर्वखेलाडी शाहको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि मंगलबार दशरथ रंगशाला परिसरमा बिहान ९ बजेदेखि ११ सम्म राखिने र त्यसपछि आर्यघाट लगिने एन्फाले जनाएको छ।
शाहको निधनमा अखिल नेपाल फुटबल संघ एन्फाले शोक व्यक्त गरेको छ । एन्फा महासचिव तुलाधरले उनको निधनले नेपाली फुटबलमा अपुरणीय क्षति भएको प्रतिक्रिया दिएका छन् । ‘उहाँ नेपाली फुटबलकै सम्मानित व्यक्तित्व हुनुहुन्छ, उहाँको सम्मानमा मरणोपरान्त पनि हामीले कुनै कसर बाँकी राख्ने छैनौँ’, तुलाधरले भने ।
सन् १९८४ देखि १९९८ सम्म लगातार १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहले १० अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् १९९८ को एसियाली खेलकुदमा नेपालको झण्डा बोक्ने सौभाग्य पाएका शाह एसियाली खेलकुदमा देशको झण्डा बोक्ने अहिलेसम्म नै एक मात्र फुटबल खेलाडी हुन् । उनका श्रीमती र १ छोरी छन् ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु