काठमाडौँ । नेपाली म्याराडोनाको रुपमा चर्चित फुटबल खेलाडी मणि शाहको सोमबार साँझ निधन भएको छ ।नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको ५१ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि कलेजोको रोगबाट पीडित शाह थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थिए ।
सन् १९९३ को दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्णपदक जित्दाका प्लेमेकर रहेका ५१ वर्षीय शाहको केही वर्षअघि लिभरमा समस्या देखिएको थियो।
शाहलाई आज बिहान ५ बजेदेखि भेन्टिलेटरमा राखिएको र साँझ ५ बजेर ४२ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको हो । राष्ट्रिय टोलीका पूर्व कप्तान शाहको उपचारको सम्पूर्ण खर्च एन्फाले बेहोरिरहेको छ।
मनाङमर्स्याङदी क्लबका पूर्वखेलाडी शाहको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि मंगलबार दशरथ रंगशाला परिसरमा बिहान ९ बजेदेखि ११ सम्म राखिने र त्यसपछि आर्यघाट लगिने एन्फाले जनाएको छ।
शाहको निधनमा अखिल नेपाल फुटबल संघ एन्फाले शोक व्यक्त गरेको छ । एन्फा महासचिव तुलाधरले उनको निधनले नेपाली फुटबलमा अपुरणीय क्षति भएको प्रतिक्रिया दिएका छन् । ‘उहाँ नेपाली फुटबलकै सम्मानित व्यक्तित्व हुनुहुन्छ, उहाँको सम्मानमा मरणोपरान्त पनि हामीले कुनै कसर बाँकी राख्ने छैनौँ’, तुलाधरले भने ।
सन् १९८४ देखि १९९८ सम्म लगातार १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहले १० अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् १९९८ को एसियाली खेलकुदमा नेपालको झण्डा बोक्ने सौभाग्य पाएका शाह एसियाली खेलकुदमा देशको झण्डा बोक्ने अहिलेसम्म नै एक मात्र फुटबल खेलाडी हुन् । उनका श्रीमती र १ छोरी छन् ।
सम्बन्धित खबर
पोखरा रंगशाला व्यवस्थित तबरले सञ्चालन गरिने
पोखरामा सुरु भयो माविस्तरिय ‘प्याब्सन स्पोर्टस मिट’
सफल पोखरा म्याराथनको तयारी सुरू
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
अर्जुनचौपारीको राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका