पोखरा । गएराति पोखरा ५ पस्र्याङबाट हत्कडी सहित भागेका राजकुमार परियार अझै फेला पार्न सकेको छैन । हत्कडी सहित पक्राउ परेका युवा भागेपछि कास्की प्रहरीलाई यो विषय टाउको दुःखाई बनेको छ । प्रहरीले रातभर सर्च गरेपनि भेटाउन सकेन । विहानै देखि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
थुम्सीकोट, मादी ८ का १९ वर्षीय राजकुमार परियार आफ्ना दिदीभिनाजुसँगै प्रस्र्याङमा बस्दै आएका थिए । रक्सी खाएर पारिवारिक कलह गरेका कारण प्रहरीलाई गुनासो आएपछि टोली त्यहाँ पुगेको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले आफ्नै कोठामा तोडफोड गरिरहेको सूचना दिएपछि सुरक्षाका लागि टोली त्यहाँ पुगेको जनाए । उनले नजिकै मकैबारी रहेको र ठूलो पानी परेका कारण पक्राउ परेका परियार भागेको बताए ।
डिएसपी कार्कीले गण्डकन्युजसँग भने:- ‘दिदी भिनाजुसँग बस्ने रहेछन् । रक्सी खाने गर्ने र खाएपछि होस गुम्ने परिवारले पनि बताउँछन् । घर भत्काउन थालेपछि दिदी भिनाजुले नै हामीलाई जानकारी गराएको हो । सुरक्षाका लागि टोली पुगेपछि लिन भ्यान पनि गयो, त्यतिबेलासम्म उनलाई हत्कडी लगाइएको थियो । त्यो ठाउँमा मकैबारी रहेछ, पानी परेको बेला पारेर भागिहाल्यो । हामी जसरी नि नियन्त्रणमा लिन्छौं ।’
उनले आफ्नै घरमा तोडफोड गरेको र अरु कसैको उजुरी नपरेको जनाउँदै कुनै पनि अपराधिक व्यक्ति भागेको भगाएको जसरी समाचारहरु आइरहेकोमा आपत्ति जनाए । हत्कडी सहित भागेका कारण पक्राउ गरेरै छाड्ने डिएसपी कार्कीको भनाई छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए