पोखरा । लोकगीतको संरक्षण र सम्वद्र्धनमा टेवा पु¥याउने र नयाँ लोक गायक/गायिकाहरुको खोजी गर्ने उद्धेश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी-धौलागिरीले ‘प्रदेश स्तरीय लोक गायन प्रतियोगिता’ आयोजना गर्दैछ ।
पोखरा उद्योग वाणिज्य संघको हलमा यही जेठ १२ गते हुने प्रतियोगितामा प्रदेश नम्बर ४ मा रहेका ११ जिल्ला मध्ये ९ वटा जिल्लाबाट प्रतिनिधित्व रहनेछ । प्रदेश ४ संयोजक तारापति सुवेदीले जिल्लाबाट छनोट भइ आएका निम्न प्रतियोगिहरुको प्रतिस्पर्धा रहने बताए ।
कास्की : आयुष परियार, उमेश अधिकारी, ऋतु परियार
तनहुँ : सन्दिप परियार, रेणु रेलामी मगर
लमजुङ : प्रशान्त तामाङ, जुना परियार
गोरखा : पवन परियार, मिरा थापा
स्याङ्जा : नेत्र खड्का, सुमित्रा काफ्ले, नारायण भट्टराई
बागलुङ : रेशम निर्दोष, शान्ति विश्वकर्मा, सिता परियार
म्याग्दी : शक्ति छिनाल, मिलन विश्वकर्मा, मिलन कार्की
पर्वत : सफल परियार, करिश्मा सापकोटा
नवलपुर : अर्जुन सापकोटा, दिक्षा सुनार

प्रतियोगिले मौलिक पहिरनमा एउटा गीत लाइभ बाजामा गाउनुपर्ने उनले बताए । यहाँबाट छनोट भएका प्रतियोगिले असार १४ र १५ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिको आयोजनामा हुने खुल्ला लोक गायन प्रतियोगितामा सहभागी हुने सुवेदीले जानकारी दिए ।
‘यहाँबाट ५ जनालाई छनोट गरी केन्द्रमा पठाइनेछ,’ उनले भने, ‘विजेतालाई नेपालमा मात्र नभई विदेशमा पनि अवसरको प्रदान गरिनेछ ।’ सुवेदीका अनुसार विजेताले नगद एक लाख रुपैयाँ, स्कुटर र अन्य आकर्षक पुरस्कार पाउनेछन् ।
कार्यक्रम संयोजक सुरेन्द्र गुरुङका अनुसार कार्यक्रम सम्पन्न गर्नको लागि एक लाख ५० हजार रुपैयाँ खर्च लाग्नेछ । कार्यक्रममा प्रवेश निशुल्क रहनेछ । कार्यक्रमको प्रमुख अतिथि प्रदेश ४ का सामाजिक विकास मन्त्री नरदेवी पुन मगर रहनेछन् ।
छनोट समितिको निर्णायक समेत रहेका गायक पुरुषोत्तम न्यौपानेले नेपाली मौलिकता धान्न र त्यस्ता व्यक्तिको खोजीको लागि प्रतियोगिता गर्न आवश्यक रहेको बताए । ‘लोक गीत प्रतियोगिता हुनै छाडें, प्रतिष्ठानले गरेको पहिलो प्रतियोगिता हो,’ उनले भने ।
प्रतिष्ठान गण्डकी अध्यक्ष शंकर विरही गुरुङले यस्ता कार्यक्रमले लुकेर रहेका प्रतिभा पहिचान हुने र नेपाली लोक संगीतको क्षेत्रमा अगाडि बढाउन मद्धत पुग्ने बताए ।
निर्णायकमा न्यौपानेसँगै प्रदेश संयोजक तारापति सुवेदी, हरिदेवी कोइराला, शान्ति गुरुङ, नवराज बराल रहेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए