पर्यटकिय ‘हब’ बन्दै ढुम्बाताल

पर्यटकिय ‘हब’ बन्दै ढुम्बाताल

jandak

सुन्दर कुमार थकाली, मुस्ताङ । धार्मिक तथा पर्यटकिय जिल्ला मुस्ताङको मुक्तिनाथपछि दोश्रो पर्यटकिय गन्तब्यका रुपमा चर्चा पाएको ढुम्बाताल यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको आर्कषर्ण केन्द्र बन्न थालेको छ ।

ढुम्बातालको प्रचार प्रसारमा नेपाली चलचित्रको छाँयाङ्कन तथा विभिन्न संञ्चार माध्यमले सहयोग पु¥याएपछि यसको चर्चा चुलिएको हो । मुक्तिनाथ मन्दिरको दर्शन,कागबेनीधाममा पिण्डदान र उपल्लो मुस्ताङ भ्रमण गरेर फर्किएका पर्यटकले जोमसोम नजिकै रहेको ढुम्बाताल अवलोकन गरेर मात्र फर्कने गरेको पाईएको छ । ।यहाँको भौगोलिक सुन्दरता,कोलाहल मुक्त स्थान र अग्लो उचाईमा अवस्थित यसतालमा पुगेपछि जोकोही पर्यटक मोहित नहुने त कुरै हुदैन ।

प्रायगरि भर्खरका अल्लारे युवायुवती देखि वयस्क सम्मकाले यस तालमा अवलोकन गर्ने गरेका छन् ।पछिल्लो समय युवापुस्ताकै आर्कषणको केन्दको रुपमा रहेको्र ढुम्बातालको सामिप्यतामा रहेर फोटो खिच्न युवायुवतीको लर्को लागेको पाईन्छ । यहाँका पर्यटकले तालबाट देखिने प्राकृतिक भुगोल नियालेर आनन्द अनुभुति लिने गर्छन् ।


वशन्तऋतुको आगमन संगै ढुम्बातालमा पर्यटकको संख्या दिनप्रतिदिन बृद्धि हुदै जान थालेको छ । ढुम्बाताल छेउ रेष्टुरेन्ट संञ्चालन गर्दे आएका स्थानीय अजित पुनले गर्मियाम सुरु भएपछि ढुम्बाताल अवलोकन गर्नेको संख्या ह्वात्तै बढेको बताए । उनले फागुनदेखि आन्तरिक पर्यटक १ सयदेखि ४ सय र बिदेश पर्यटक ५० देखि १ सयको संख्यामा आउने गरेको जनाए ।

ढुम्बाताल अवलोकनका लागि संरक्षण व्यवस्थापन समितिले १० रुपैयाको टिकट तोकेको छ ।’२ वर्षअघि यस तालको चर्चा उति थिएन,अहिले मुस्ताङ आउने पर्यटकले ढम्बाताल कहापर्छ भनी खोजी खोजी आउछन्‘उनले भने’तालकै कारण यहाँको पर्यटन व्यवसायलाई फाईदा पुगेको छ अब,तालको संरक्षण र यहाँ सम्मको सडकलाई सुधार गर्न आवश्यक छ ।‘

त्यस्तै चितवनबाट मुक्तिनाथ दर्शनगरि फर्किएका युवा समिप पौडेलले समय खर्चिएर ढुम्बाताल आएको र यहाँ आउदा आफु सन्तुष्ट रहेको सुनाए ।उनले ढुम्बातालको दृष्य चलचित्रमा मात्र देखेको र यहाँ आउदा चलचित्रमा हेरेको भन्दा पनि राम्रो पाएको बताए ।’ताल आफैमा सुन्दर छ ,त्यस माथि यहाँबाट देखिन दृष्य अझ मनमोहक पाईयो’उनले भने’ यहाँबाट देखिने कालिगण्डकी नदी ,धौलागिरी र निलगिरी हिमाल अनि वरपरका गाउँ, स्याउँका बोट,उवा,जौ र फापर लगाईएका खेतहरु सुन्दर देखिदा रहेछन् ।‘

त्यस्तै समिप संगै आएकी चितवनकी संगिता श्रेष्ठले ढुम्बाताल पुगेपछि स्वर्गकै टुक्रा झै भएको अनुभुति सुनाईन् ।उनले पहिलो पटक मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएको उल्लेख गर्दे यस अवसरमा ढुम्बातालको अवलोकन गर्न पाउदा गौरान्वित भएको बताईन् ।

समुन्द्री सतह देखि करिव २९ सय मिटरको उचाईमा अवस्थित प्राकृतिक ढुम्बातालको क्षेत्रफल करिव २ सय मिटर लम्बाई र सय मिटर चौडाई छ,भने यसको गहिराई करिव सय मिटर छ ।घरपझोङ गाउँपालिका ५ ठिनी ,सम्ले नजिकै पर्ने यसतालको पुर्वतर्फ हरियाली सल्लाका बुट्यान र तालको सौन्दर्यताले पर्यटकलाई मोहित गराउने गरेको पाईन्छ ।

कालिगण्डकी करिडोर अन्तर्गत पुर्वको निलगिरी र पश्चिमको सेताम्मे धौलागिरी हिमाल यसस्थानबाट सुन्दर देखिने गर्छ ।त्यसो त यस तालबाट जोमसोम,स्याङ,मार्फा गाउँ लगायत पश्चिमतर्फका प्राकृतिक भुगोल र हरियाली स्याउँ,उवा,फापर, जौ फुलेको दृष्य आर्कषर्ण देखिने गर्छ ।

जोमसोम देखि पुर्वमा रहेको ढुम्बाताल सम्म कच्चि सडक विस्तार भएपनि यसको थप स्तरोन्नती हुन आवश्यक देखिन्छ ।यसतालको दक्षिण २ सय मिटर पर १२ सय वर्ष पुरानो कुछप तेरङ्गा बुद्धिस गुम्बा पनि छ ।ताल सम्म पुग्नका लागि जोमसोमदेखि ठिनी हुदै ढुम्बा र जोमसोमबाट स्याङ हुँदै ढुम्बा पुग्न सकिन्छ ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुका निम्ति ढुम्बाताल महत्वपुर्ण गन्तब्यको रुपमा विकास हुदै जान थालेको हो ।ढुम्बातालकै कारण ऐतिहाँसिक गाउँ ठिनी र जोमसोमको पर्यटन प्रर्वधनमा टेवा पु¥याएको जोमसोमका व्यवसायीहरु बताउछन् ।यसताललाई पर्यटकिय गन्तब्यको रुपमा बिकास गर्न संरक्षण व्यवस्थापन समिति सिएमसीले रेखदेख गर्दे आएको छ ।तालको पुरै क्षेत्रफल भने करिव ५ सय मिटर र चौडाई २ सय मिटर छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds