पोखरा । तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ सफल पार्न बगर भाइखलक यूके र सहारा हङकङले सहयोग प्रदान गरेका छन् । पोखरामा आईतबार एक समारोहबीच विदेशबाट प्राप्त सहयोग आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीलाई हस्तान्तरण गरियो ।
बगर भाइखलक युकेका अध्यक्ष चन्द्रमान गुरुङको अगुवाईमा त्यहाँ संकलित एक लाख १० हजार रुपैंया सदस्य मेचनमान गुरुङ र सहारा हङकङका अध्यक्ष दीपक गुरुङबाट संकलित ३० हजार रुपैंया संस्थाका सहकोषाध्यक्ष प्रविन गुरुङ (नवराज) ले मञ्चका अध्यक्ष केशव पाठकलाई हस्तान्तरण गरे ।
यूकेबाट संकलित रकममा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मेजर खुशीमान गुरुङले २२ हजार सहयोग गरेका थिए । फोक्सटन नेपाली कम्युनिटी यूकेका अध्यक्ष चन्द्र बहादुर गुरुङले २५ हजार र यूकेबाटै सूर्य गुरुङले २५ हजार रुपैंया सहयोग गरिसकेका छन् । हस्तान्तरण समारोहमा सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापा, बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष जुम गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
मञ्चका अध्यक्ष केशव पाठकले यसअघिका दुई संस्करण आयोजना गर्दा अधिक सहयोग विदेशबाटै प्राप्त भएको स्मरण गर्दै यस्तै सहयोगको अपेक्षा गरे ।

यसैबीच, जेठ १८ गते आयोजना हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा स्पोटर््स् अवार्डको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारिरिक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुन मगर (आर्चरी), सर्वोत्कृष्ट वर्ष खेलाडी महिलातर्फ बिमला नेपाली (सितेरियो कराँते), कमला पुन (हक्की) र केशरी आले मगर (आर्चरी) मनोयनमा परेका छन् ।
वर्ष उत्कृष्ट उदीयमान खेलाडीतर्फ विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर ‘कविता’ (कबड्डी) मेगबहादुर सेन (क्रिकेट), वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् । विजेताहरुले टिभिएस अपाचे मोटरसाइकल, टिभिएस विगो स्कुटर, नगद, ट्रफी लगायत पुरस्कार प्राप्त गर्नेछन् ।
लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, उत्कृष्ट खेल संघ जिल्ला ब्याडमिन्टन संघ कास्की र एक जना पत्रकारलाई खेल पर्यटन पत्रकारिता पुरस्कार समेत अर्पण गरिनेछ । चारै विधामा उत्कृष्टलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक÷एक थान सामसुङ कम्पनीको मोबाइल समेत प्रदान गरिनेछ ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो