तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्डः बगर भाइखलक यूके र सहारा हङकङबाट सहयोग

तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्डः बगर भाइखलक यूके र सहारा हङकङबाट सहयोग

Photo 2

पोखरा । तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ सफल पार्न बगर भाइखलक यूके र सहारा हङकङले सहयोग प्रदान गरेका छन् । पोखरामा आईतबार एक समारोहबीच विदेशबाट प्राप्त सहयोग आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीलाई हस्तान्तरण गरियो ।

बगर भाइखलक युकेका अध्यक्ष चन्द्रमान गुरुङको अगुवाईमा त्यहाँ संकलित एक लाख १० हजार रुपैंया सदस्य मेचनमान गुरुङ र सहारा हङकङका अध्यक्ष दीपक गुरुङबाट संकलित ३० हजार रुपैंया संस्थाका सहकोषाध्यक्ष प्रविन गुरुङ (नवराज) ले मञ्चका अध्यक्ष केशव पाठकलाई हस्तान्तरण गरे ।

यूकेबाट संकलित रकममा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मेजर खुशीमान गुरुङले २२ हजार सहयोग गरेका थिए । फोक्सटन नेपाली कम्युनिटी यूकेका अध्यक्ष चन्द्र बहादुर गुरुङले २५ हजार र यूकेबाटै सूर्य गुरुङले २५ हजार रुपैंया सहयोग गरिसकेका छन् । हस्तान्तरण समारोहमा सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापा, बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष जुम गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

मञ्चका अध्यक्ष केशव पाठकले यसअघिका दुई संस्करण आयोजना गर्दा अधिक सहयोग विदेशबाटै प्राप्त भएको स्मरण गर्दै यस्तै सहयोगको अपेक्षा गरे ।

यसैबीच, जेठ १८ गते आयोजना हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा स्पोटर््स् अवार्डको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारिरिक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुन मगर (आर्चरी), सर्वोत्कृष्ट वर्ष खेलाडी महिलातर्फ बिमला नेपाली (सितेरियो कराँते), कमला पुन (हक्की) र केशरी आले मगर (आर्चरी) मनोयनमा परेका छन् ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडीतर्फ विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर ‘कविता’ (कबड्डी) मेगबहादुर सेन (क्रिकेट), वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् । विजेताहरुले टिभिएस अपाचे मोटरसाइकल, टिभिएस विगो स्कुटर, नगद, ट्रफी लगायत पुरस्कार प्राप्त गर्नेछन् ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, उत्कृष्ट खेल संघ जिल्ला ब्याडमिन्टन संघ कास्की र एक जना पत्रकारलाई खेल पर्यटन पत्रकारिता पुरस्कार समेत अर्पण गरिनेछ । चारै विधामा उत्कृष्टलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक÷एक थान सामसुङ कम्पनीको मोबाइल समेत प्रदान गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ