प्रदेश सम्हाल्दै डिआइजी बोहरा

प्रदेश सम्हाल्दै डिआइजी बोहरा

20180527_134549

पोखरा । प्रदेश नम्बर चार प्रहरी कार्यालय पोखराको जिम्मेवारी हालै सम्हालेका प्रहरी नायब महानिरीक्षक (डिआईजी) दानसिंह बोहराले नागरिक मैत्री व्यवहार गर्दै नागरिककै सहयोगमा प्रहरीले कामकारबाही अघि बढाउने बताएका छन् ।

संघीय संरचना बमोजिम क्षेत्रबाट प्रदेशमा रुपान्तरण भएपछि यहाँ जिम्मेवारी सम्हालेका बोहराले शान्ति, अमनचयन कायम राख्न प्रहरीका पक्षबाट कुनै कमी हुन नदिने पनि बताए । मातहतका ११ जिल्लामा शान्तिसुरक्षाका लागि आफू प्रतिबद्ध रहेको यहाँका पत्रकारसामु बताए ।

आईतबार पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गर्दै उनले प्रहरीबाट भएगरेका कमीकमजोरी तथा गर्नुपर्ने कामका बारेमा सहयोगका साथै खबरदारी गर्न समेत उनको आग्रह थियो । स्रोत साधनले भ्याएसम्म र सम्बन्धित पक्षको साथ मिलेसम्म आवश्यक पूर्वाधार तयार गरी पोखरालाई चौबिसै घण्टा खोल्ने कुरामा आफू पक्षमा रहेको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयमा डिएसपी नेतृत्व प्रक्रियामा रहेको डिआईजी बोहराले जनाए । उनले प्रदेश नं. ४ मा प्रहरी तालिम केन्द्र नरहेका कारण कठिनाई रहेको बताए । उनले प्रदेशमा दरबन्दी बमोजिम जनशक्ति नभएको समेत बताए ।

पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले रामबजार प्रहरी कार्यालय व्यक्तिको जग्गामा बसेको, जिल्ला ट्राफिक कार्यालय भवनका लागि नागरिक स्तरमा सहयोग माग गरेको लगायतका सम्बन्धमा ध्यानाकर्षण गराएका थिए ।

प्रदेश प्रहरी कार्यालय पोखरा चैत्र २८ गतेदेखी प्रमुख बिहीन बनेको थियो । बोहरा एसएसपीबाट गत जेठ ३ गते मात्र बढुवा भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ