सन्दिप लामिछानेलाई पोखरामा मन्त्रीले समेत कुर्दा कुर्दा हैरान… (भिडियो सहित)

सन्दिप लामिछानेलाई पोखरामा मन्त्रीले समेत कुर्दा कुर्दा हैरान… (भिडियो सहित)

sandeep

प्रतिभा माविले युवा क्रिकेटर सन्दिप लामिछानेलाई १० बजे सम्मान गर्ने कार्यक्रम राखेको थियो । त्यसअघि, नदिपुर ज्ञानमार्ग स्थित विद्यालय प्राङ्गणमा रेड कार्पेटमा स्वागत गर्ने तयारी ग¥यो ।

साढे नौ बजे विद्यालय परिसारमा स्वागत गर्न विद्यार्थीहरुलाई लामबद्ध राखिएको थियो । तर सन्दिप १० बजेपछि मात्र आइपुगे । कति विद्यार्थी घामले आत्तिएर पाखा लागिसकेका थिए । यद्यपी, सन्दिप आउनासाथ विद्यार्थीहरु भने औधि रमाए । उनीहरु हुटिङ गर्दै सेल्फी खिच्न र अटोग्राफ लिन लालायित थिए ।

सम्मान कार्यक्रमका लागि प्रमुख अतिथि प्रदेश नं. ४ सामाजिक विकास मन्त्री नरदेवी पुनलाई निम्त्याइएको थियो । उनी १० बजेको सन्दिपलाई सम्मान कार्यक्रममा सहभागी भएर साढे १० बजे अर्को कार्यक्रममा जाने योजनामा थिईन् । तर, सन्दिप समयमा नआएपछि सम्मान कार्यक्रम स्थल ह्वाइट हाउस पार्टी प्यालेसमा मन्त्री पुन धेरै बेर पर्खनुप¥यो । आयोजक सदस्य मन्त्री मनाउन ब्यस्त थिए ।

मन्त्री जाने सुर गर्दै गर्दा सन्दिप आइपुगे । खचाखच भरिएको हलमा उनी घेरिए । समर्थक मञ्चसम्मै पुगेर फोटो खिच्ने, अटोग्राफ लिने गरेपछि मन्त्री सहभागी औपचारिक कार्यक्रम समेत निकै अस्तब्यस्त बनेको थियो ।

आईपिएल खेलेर फर्केपछि सन्दिपको चर्चासँगै फ्यान फलोइङ पनि निकै बढेको पोखराको यो कार्यक्रमबाट पुष्टि भयो । कार्यक्रम सकिएपछि पनि झण्डै आधा घण्टा फ्यानले घेरिएपछि उनी फोटोमा पोज दिन र अटोग्राफ दिनै व्यस्त भए । उनका सहयोगीहरुले बल्ल बल्ल फुत्काएका थिए ।

भिडियो

सम्बन्धित समाचार

प्रतिभावान् क्रिकेटर सन्दिपलाई पोखरामा प्रतिभाको एक लाखसहित सम्मान (फोटो फिचर)

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ