पोखरा कोरियोग्राफ्री वकर्सप, लेसन फर स्कूल एण्ड किन्डरगारेन्टस् टिचर, वल्ड एज्ड कार्यशाला गोष्ठिमा प्रशिक्षण दिन जर्मनी टोली सोमवार पोखरा आएको छ ।
जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीको अयोजनामा हुने तीन दिने कार्यशाला गोष्ठिमा प्रशिक्षण दिन जर्मनी प्रशिक्षक रिनीहेसिचर टर्नवण्ड(जिएफए,डिटिवी) डेटलेफ मनाको समूह पोखरा आएको हो ।
उनीहरुलाई जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीका संयोजक राजु कायस्थ, सदस्य केशवशरण पौडेल, सदस्य राजु केसी, सदस्य शिवराज पौडेल, सदस्य मनकाजी गुरुङ, सल्लाहकार हेमन्त अधिकारी तथा प्रेस संयोजक प्रकाशचन्द्र सापकोटाले माला लागाई स्वागत गरेका थिए ।
गोष्ठि जेठ १५ देखि १७ गते सम्म चल्ने छ । गोष्ठिमा जर्मनी प्रशिक्षक रिनीहेसिचर टर्नवण्ड(जिएफए,डिटिवी) डेटलेफ मनाको समूह र नेपाल जिम्न्याष्टिक्स महासंघका महासचिव प्रकाशलाल श्रेष्ठद्धारा प्रशिक्षण दिने जिम्न्याष्टिक्स फर अल कमिटि कास्कीका सदस्य केशवशरण पौडेलले जानकारी दिए।
गोष्ठिमा निजि तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिका, प्रिन्सीपलसँग ५० वर्ष नाघेका नागरिक गरी १ सय जना सहभागिता रहने संयोजक कायस्थले जानकारी दिए ।
गोष्ठिमा करिव ४ लाख रुपैया खर्च लाग्ने जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीका सदस्य राजु केसीले जानकारकी दिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला