महेन्द्र जिसी । पर्वतमा ११ औं गणतन्त्र दिवस मनाइरहँदा न जनप्रतिनिधि, न राजनीतिक दलका नेता, न सर्वसाधारण । मात्र कर्मचारीको सहभागिता रह्यो ।
जन आन्दोलनका शहीद गोविन्द नाथको शालिकमा माल्यार्पण गरेर दिवस मनाइयो । यसअघि गरिएको प्रभात फेरी सहितको ¥यालीमा निजामती कर्मचारी र सुरक्षा कर्मीको मात्रै सहभागिता रह्यो । दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन तथा राजनीतीक दलको बलिदानीबाट प्राप्त गणतन्त्र दिवसमा दलका प्रतिनिधि र जन प्रतिनिधिकै बेवास्ता रहनु दुर्भाग्य रहेको सर्वसाधारणको गुनासो छ ।
सामाजिक सञ्जालमा पर्वतका जनप्रतिनिधिको अनुपस्थितिलाई लिएर तितो व्यंग्य गरिएको छ । फोटो व्यवसायी राजन गुरुङले पर्वतमा मनाईएको गणतन्त्र दिवसलाई व्यंग्य गर्दै तस्वीर सहित ‘गणतन्त्र दिवस रे, न कुनै स्थानिय निकायका जनप्रतिनिधि छन् न कुनै राजनीतिक दलका प्रतिनिधि, बिचरा सरकारी नुनले झ्याँकेका कर्मचारीहरुको मात्र गणतन्त्र दिवस रहेछ’ लेखेका छन् ।
भाषणमा नेताले ज्यानको बलिदान दिएर ल्याएको गणतन्त्र भने पनि उपस्थिती नहुनुले दिवस खल्लो बनेको हो । प्रभात फेरीमा गणतन्त्रको व्यानर बोकेर कर्मचारी र सुरक्षाकर्मीले दिवस मनाए ।
राजधानीमा प्रधानमन्त्रीले गणतन्त्र कसैले सापटी नदिएको र नागरिकहरुको बलिदानले आएको उपलब्धी भएको बताईरहँदा पर्वतमा गणतन्त्र दिवस मनाउन गृह मन्त्रालयको सूचना नै ढिला आएको जिल्ला समन्वय समितिले जनाएको छ ।
स्थानीय विकास अधिकारी विष्णु प्रसाद भुसालले गृह मन्त्रालयको आदेश नै ढिला आएका कारण गणतन्त्र दिवसमा सबैलाई खबर गर्न नसकिएको बताउँदै कर्मचारीको भरमा दिवस मनाउनु परेको बताए । भुसालले गणतन्त्र दिवसमा मात्रै नभई अन्य दिवसहरुमा पनि नागरिकहरुको खासै चासो नभएको बताए । पर्वतका सात स्थानीय तह, एक समन्वय समिति र ६ राजनीतिक दल रहेका छन् ।
सम्बन्धित खबर
पर्वत तिलाहारमा सडक भासिएपछि सिंगाे बस्ती जोखिममा
म्याग्दीमा पहिरोले १८ परिवार विस्थापित, पर्वतमा १५ परिवारले घर छाडे
पर्वत पहिरो [अपडेट]: भैंसीबाख्रा जोगाउने क्रममा बेपत्ता दुवैको शव भेटियो
पहिरो झरेको गोठबाट भैँसीबाख्रा उद्धार गर्न लाग्दा पर्वतमा २ जना बेपत्ता
कुश्मा–ज्ञादी झोलुंगे पुल जीर्ण, सवारी सञ्चालनमा रोक
मालढुंगा–बेनी सडक कालोपत्र गरिँदै, १३ दिन यातायात बन्द हुने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग