पोखरा । सरकारले कास्कीका स्थानीय तहलाई झण्डै ३ अर्व बजेट विनियोजन गरेको छ । ५ स्थानीय तह रहेको कास्कीमा २ अर्व ७९ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन भएको हो । यो बजेट अघिल्लो बर्षभन्दा १४ करोड ७६ लाख रुपैयाँ कम हो । अघिल्लो बर्ष कास्कीका स्थानीय तहले २ अर्व ९४ करोड रुपैयाँ पाएका थिए ।
देशकै सबैभन्दा ठूलो महानगर पोखरा लेखनाथ महानगरपालिकाले १ अर्व ८१ करोड ८६ लाख रुपैयाँ बजेट पाएको छ । उता अन्नपूर्ण गाउँपालिकाले २८ करोड ३१ लाख, माछापुच्छ्रेले २५ करोड ५३ लाख, मादीले २४ करोड ७८ लाख र रुपा गाउँपालिकाले १९ करोड ८ लाख रुपैयाँ बजेट पाएको छ ।
अन्नपूर्ण बाहेक सबै गाउँपालिका र नगरपालिकाले अघिल्लो बर्षभन्दा कम बजेट पाएका छन् । पोखरा महानगरपालिकाले अघिल्लो बर्षभन्दा करिब १ करोड कम बजेट पायो । अघिल्लो बर्ष पोखराको बजेट १ अर्व ८२ करोड ५७ लाख थियो । माछापुच्छ्रेको अघिल्लो बर्षभन्दा ५ करोड १२ लाख रुपैयाँ कम बजेट छ । अघिल्लो बर्ष माछापुच्छ्रेले ३० करोड ६५ लाख पाएको थियो ।
मादी गाउँपालिकाले सबैभन्दा बढी रकम गुमाएको छ । अघिल्लो बर्षभन्दा ७ करोड ४४ लाख रुपैयाँ कम बजेट मादीले पाएको हो । अघिल्लो बर्ष मादीले ३२ करोड २२ लाख रुपैयाँ पाएको थियो । रुपा गाउँपालिकाको भने सामान्य मात्रै घटेको छ । यद्यपी रुपाले पनि १ करोड ८३ लाख कम बजेट पायो । रुपाको अघिल्लो बर्ष २० करोड ९१ लाख रुपैयाँ थियो ।
अघिल्लो बर्ष कम बजेट पाएको अन्नपूर्णले यसबर्ष कास्कीका ४ गाउँपालिकामध्ये सबैभन्दा धेरै बजेट पाएको छ । अघिल्लो बर्ष २७ करोड ९५ लाख रुपैयाँ पाएको अन्नपूर्णलाई यसबर्ष ३५ लाख रुपैयाँ बढी दिईएको हो । स्थानीय तहलाई बजेट विनियोजन गर्दा जनसंख्या, क्षेत्रफल र खर्च गर्ने दर तथा सामाजिक सूचकलाई आधार मान्ने गरिन्छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह