पोखरा । सरकारले कास्कीका स्थानीय तहलाई झण्डै ३ अर्व बजेट विनियोजन गरेको छ । ५ स्थानीय तह रहेको कास्कीमा २ अर्व ७९ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन भएको हो । यो बजेट अघिल्लो बर्षभन्दा १४ करोड ७६ लाख रुपैयाँ कम हो । अघिल्लो बर्ष कास्कीका स्थानीय तहले २ अर्व ९४ करोड रुपैयाँ पाएका थिए ।
देशकै सबैभन्दा ठूलो महानगर पोखरा लेखनाथ महानगरपालिकाले १ अर्व ८१ करोड ८६ लाख रुपैयाँ बजेट पाएको छ । उता अन्नपूर्ण गाउँपालिकाले २८ करोड ३१ लाख, माछापुच्छ्रेले २५ करोड ५३ लाख, मादीले २४ करोड ७८ लाख र रुपा गाउँपालिकाले १९ करोड ८ लाख रुपैयाँ बजेट पाएको छ ।
अन्नपूर्ण बाहेक सबै गाउँपालिका र नगरपालिकाले अघिल्लो बर्षभन्दा कम बजेट पाएका छन् । पोखरा महानगरपालिकाले अघिल्लो बर्षभन्दा करिब १ करोड कम बजेट पायो । अघिल्लो बर्ष पोखराको बजेट १ अर्व ८२ करोड ५७ लाख थियो । माछापुच्छ्रेको अघिल्लो बर्षभन्दा ५ करोड १२ लाख रुपैयाँ कम बजेट छ । अघिल्लो बर्ष माछापुच्छ्रेले ३० करोड ६५ लाख पाएको थियो ।
मादी गाउँपालिकाले सबैभन्दा बढी रकम गुमाएको छ । अघिल्लो बर्षभन्दा ७ करोड ४४ लाख रुपैयाँ कम बजेट मादीले पाएको हो । अघिल्लो बर्ष मादीले ३२ करोड २२ लाख रुपैयाँ पाएको थियो । रुपा गाउँपालिकाको भने सामान्य मात्रै घटेको छ । यद्यपी रुपाले पनि १ करोड ८३ लाख कम बजेट पायो । रुपाको अघिल्लो बर्ष २० करोड ९१ लाख रुपैयाँ थियो ।
अघिल्लो बर्ष कम बजेट पाएको अन्नपूर्णले यसबर्ष कास्कीका ४ गाउँपालिकामध्ये सबैभन्दा धेरै बजेट पाएको छ । अघिल्लो बर्ष २७ करोड ९५ लाख रुपैयाँ पाएको अन्नपूर्णलाई यसबर्ष ३५ लाख रुपैयाँ बढी दिईएको हो । स्थानीय तहलाई बजेट विनियोजन गर्दा जनसंख्या, क्षेत्रफल र खर्च गर्ने दर तथा सामाजिक सूचकलाई आधार मान्ने गरिन्छ ।
सम्बन्धित खबर
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
बेगनास तालमा डुबेर युवकको मृत्यु
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु