काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ४ ले सहज जीत हात पारेको छ । प्रदेश नम्बर ४ ले प्रदेश नम्बर १ लाई १२९ रनले हरायो । प्रदेश ४ को जितमा हरि गौचनको अलराउण्ड प्रदर्शन महत्वपूर्ण रहृयो । शतकीय पारी खेलेका उनैले ४ विकेट पनि लिए ।
त्रिवि मैदान कीर्तिपुर भएको खेलमा टस जितेर ब्याटिङ रोजेको प्रदेश नम्बर ४ ले पूरा ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको प्रदेश नम्बर १ ले ३५ ओभरमा १८१ रन बनाउँदा सबै विकेट खेल फाल्यो ।
प्रदेश १ का लागि सन्दीप ढुंगानाले ५५ बलमा ७१ रन, मिनास थापाले १३ बलमा १९ रन, श्रवण यादवले २९ बलमा १९ रन बनाउनु बाहेक अन्यले उल्लेख्य रन जोड्न सकेनन् ।
प्रदेश नम्बर ४ का हरि गौचनले ५ ओभरमा १९ रन दिएर ४ विकेट लिए । विपिन खत्री र राजु गुरुङले दुई/दुई साथै सन्तोष न्यौपाने र गोविन्द प्रधानले एक/एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको प्रदेश ४ का लागि हरि गौचनले ११५ बलमा ८ चौका र १ छक्कासहित १०० रन बनाए । सुमा घिमिरेले ५३ बलमा ८३ रन बनाए । विपिन खत्रीले ९ बलमा २३ रन हाने । मञ्जिल न्यौपानेले ४३ बलमा २८ रन बनाएका थिए ।
प्रदेश नम्बर १ का पुष्प थापा र सन्दीप ढुंगानाले दुई/दुई विकेट लिए । मनोज तामाङ र मिनास थापाले एक/एक विकेट लिए ।प्रतियोगितामा सात प्रदेशका ७ टिम र ३ विभागीय टिम गरी १० टिम सहभागी छन् ।
जेठ २९ गतेसम्म चल्ने प्रतियोगिताका लागि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै म्यान अफ द सिरिजले एक लाख र विधागत उत्कृष्ट हुनेले जनही ५० हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताका खेलहरु मुलपानी मैदान र त्रिवि मैदानमा भइरहेको छ ।
प्रधानमन्त्री कप अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको खेल ‘वेट आउटफिल्ड’ का कारण रद्द भएको छ।
मंगलबार रातीको भारी वर्षाका कारण प्रभावित खेल ढिलो सुरु भएको थियो। करिब ११:३० मा सुरु भएको खेल ३८ ओभरमा छोट्याइएको थियो। प्रदेश ७ ले टस जित्दै ब्याटिंग रोजेपछि ८ ओभर खेल भएको थियो। तर करिब १५ मिनेटको भारी वर्षाका कारण मैदान पुनः पोखरीमा परिणत भएपछि खेल हुन् असम्भव भयो।
प्रदेश ७ ले ८ ओभरमा २ विकेट गुमाउँदै १९ रन बनाएको थिए। ओपनर सुरेन्द्र चन्द २ रन बनाउँदै रन आउट भए भने सन्जु धामी प्रादेश ५ का कप्तान शक्ति गौचनको बलमा बोल्ड भएका थिए। पहिलो स्पेनमा कृष्ण कार्कीलाई साथ् दिएका शक्तिले ४ ओभरमा ६ रन खर्चिए।
सम्बन्धित खबर
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साताबाट
पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम
आइटीएफमा दोश्रो सर्किटमा सिंगलतर्फ प्रि.क्वटर तथा डबल्समा क्वाटरफाइनल सम्पन्न
पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता मंसिर २३ देखि
आइटीएफमा दोश्रो सर्किटका खेल जारी
अंग्रेजी नयाँ वर्षमा फेवाताल किनारमा पुरूष भलिबल प्रतियोगिता
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका