तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डः उत्कृष्ट खेल संघ कास्की जिल्ला ब्याडमिन्टन संघ

तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डः उत्कृष्ट खेल संघ कास्की जिल्ला ब्याडमिन्टन संघ

badm sang (1)

नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीको आयोजनामा पोखरा सभागृहमा भएको तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड समारोहमा बर्ष उत्कृष्ट खेल संघबाट कास्की जिल्ला ब्याडमिन्टन संघलाई सम्मान गरियो ।

संघ सुविधासम्पन्न भौतिक पूर्वाधारमा जुटेको छ । संघलाई नगद १० हजार प्रदान गरियो । नेपाल पत्रकार महासंघ प्रदेश नं. ४ अध्यक्ष त्रिभुवन पौडेल लगायतले अवार्ड प्रदान गरे ।

कास्की जिल्लाभरका खेलकुद संघमध्ये उत्कृष्ट हुन सफल कास्की जिल्ला ब्याडमिन्टन संघले साढे ३ करोड लागतमा अहिले रंगशालामा पूर्वाधार निर्माण गरिरहेको छ । यसमध्ये आधा बजेट संघ आफैले व्यहोर्दैछ । ४० प्रतिशत काम सकिसकेको छ ।

२०५२ सालबाट यहाा सक्रिय संघले वार्षिक गतिविधि, साधारणसभा गर्दै आएको छ । इन्द्र बहादुर स्मृति ब्याडमिन्टन प्रतियोगितादेखि विभिन्न विद्यालय स्तरीय प्रतियोगिता समेत आयोजना गर्दै आईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ