गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सितेरियो कराँतेकी बिमला नेपाली वर्ष २०७४ मा सर्वोत्कृष्ट खेलाडी बनेकी छिन् । तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट महिला खेलाडी बन्दै उनले टिभिएस विगो स्कुटर जित्न सफल भईन् ।
मनोनयनमा परेका तीन जना मध्ये प्रत्येक विधाबाट सर्वोत्कृष्ट चयन गरी अवार्ड प्रदान गरिएको हो । वर्ष उत्कृष्ट महिला खेलाडीमा बिमलासँगै आर्चरीकी केशरी आलेमगर र हक्कीकी कमला पुन मनोनयनमा परेकी थिईन् ।
नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीको आयोजनामा पोखरा सभागृहमा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, मुख्य प्रायोजक टिभिएसका नेपालकै आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक कुमार अग्रवाल, गण्डकी धौलागिरी अधिकृत विक्रेता बतास ब्रदर्श प्रालिका निर्देशक प्रमेश पराजुली, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल लगायतले पुरस्कार वितरण गरे ।
पोखरा फूलबारीमा जन्मिएकी बिमला लिटिल बेस स्कुलमा अध्ययनरत छँदै ६ कक्षाबाट कराँते खेल्न थालिन् । गतवर्ष लम्जुङको भोटेओडारमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा महिलातर्फ एकल कातामा पहिलो हुँदै स्वर्ण पदक हात पारिन् । धनगढीमा भएको अन्तर्रा्ष्ट्रियस्तरको कराँतेमा पनि उनी दोश्रो हुँदै रजत पदक हात पारिन ।
त्यस्तै, अघिल्लो वर्ष नै भएको राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको (राखेप) च्याम्पियनशिपमा पनि उनले रजत पदक हात पारेकी थिईन । भक्तपुरमा भएको प्रथम महिला आमन्त्रित खुला कराँते प्रतियोगितामा पनि उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन । केही समय अघि मात्र भारतको गोवामा भएको सोतोकान कराँते एशोसिएसन अफ इन्डिया (एसएकेआई) अन्तर्रा्ष्ट्रिय च्याम्पियनशिपमा पनि उनले एकल कातामा १८ वर्ष उमेर मुनिको प्रतियोगितामा गरेर दुई स्वर्ण हात पारेकी थिइन् ।
धेरै प्रतियोगितामा स्वर्णपदक समेत हात पारेकी उनको लक्ष्य आगामि मंसिर तेश्रो साता नेपालगञ्जमा हुने आँठौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने धोको छ । पोखरा गैह्रापाटनको पश्चिमाञ्चल माविबाट यसैवर्ष मानविकी संकायबाट १२ कक्षाको परीक्षा दिएर बसेकी उनी अहिले पनि रंगशालामा व्यस्त छिन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो