शारीरिक सुगठनका खेलाडी कमल भण्डारी वर्ष २०७४ मा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ अवार्डका साथ उनले टिभिएस अपाचे मोटरसाइकल जित्न सफल बने ।
मनोनयनमा परेका तीन जना मध्ये प्रत्येक विधाबाट सर्वोत्कृष्ट चयन गरी अवार्ड प्रदान गरिएको हो । वर्ष उत्कृष्ट पुरुष खेलाडीमा भण्डारी सहित क्रिकेटका करण केसी, आर्चरीका तिलकबहादुर पुन मनोनयनमा परेका थिए ।
नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीको आयोजनामा पोखरा सभागृहमा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, मुख्य प्रायोजक टिभिएसका नेपालकै आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक कुमार अग्रवाल, गण्डकी धौलागिरी अधिकृत विक्रेता बतास ब्रदर्श प्रालिका निर्देशक प्रमेश पराजुली, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल लगायतले पुरस्कार वितरण गरे ।
१७ वर्ष अघिदेखि बडि बिल्डिङमा होमिएका कमल भण्डारी गत वर्ष मंगोलियामा आयोजित शारीरिक सुगठनको वल्र्ड च्याम्पियनशीपमा सहभागी भए । र छैटौं स्थानमा रहे । २०७४ सालमै दक्षिण कोरियामा ५५ केजी तौल समूहमा काँस्य पदक जित्दै नेपालको नाम लेखाएर फर्किए ।
पोखरामा जिम हल औंलामा गन्न सकिने बेलामा यस क्षेत्रमा होमिएका भण्डारीले पहिलो पटक २०६० सालमा मिस्टर पोखरामा ५५ केजी तौल समूहमा काँस्य पदक जितेका थिए । त्यसपछि अहिलेसम्म खेल दौरानमा १६ स्वर्ण, ६ रजत र ५ काँस्य जितिसकेका छन् । २०७३ सालमा दोस्रो मिस्टर बुल्समेनमा ५५ केजी तौल समूहमा स्वर्ण जिते । १४ औं धर्मश्रीमा आफ्नो तौल समूहमा प्रथम भएका थिए । मिस्टर हिमालयमा समेत स्वर्ण जित्दै एकै वर्षमा ह्याट्रिक गरेका थिए । पाँचौ राष्ट्रिय शारीरिक सुगठनमा उनले काँस्य जितेका थिए ।
सम्बन्धित खबर
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
अर्जुनचौपारीको राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साताबाट
पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम
आइटीएफमा दोश्रो सर्किटमा सिंगलतर्फ प्रि.क्वटर तथा डबल्समा क्वाटरफाइनल सम्पन्न
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका