पोखरा- नागरिक दैनिकका पत्रकार प्रशान्त लामिछाने बाबा फाउण्डेशन नेपालद्वारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७४ बाट पुरस्कृत भएका छन् ।
पाेखरामा मंगलबार अायाेजित एक समाराेहबीच उनलाई प्रदेश ४ बन तथा पर्यटन मन्त्री विकास लम्साल, फाउण्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठले नगद १५ हजार १ रूपैंया, दाेसल्ला, प्रशंसापत्रले सम्मान गरेका हुन् । पत्रकार लामिछानेले प्राप्त गरेकाे नगद थमन महेश पत्रकारिता प्रतिष्ठान काेषका लागि प्रदान गर्ने घाेषणा गरे ।
लामिछाने बिगत १० बर्षदेखि पत्रकारितामा सक्रिय छन्। पर्वतको कुश्मा नगरपालिका निवासी लामिछानेले राष्ट्रिय स्वाभिमान साप्ताहिबाट पत्रकारिता सुरु गरेका हुन्। उनले जनदिशा दैनिक, राष्ट्रिय समाचार समितिमा समेत काम गरेका थिए। उनी पोखराबाट प्रकाशित गण्डकी खबर दैनिकको कार्यकारी सम्पादक समेत रहेका थिए। हाल नेपाल रिपब्लिक मिडिया अन्तर्गत नागरिकन्यूज डटकमको संयोजक छन्।
अग्रज पत्रकार नारायण कार्की संयाेजक रहेकाे प्रतिभा छनोट समितिले वातावरण संरक्षणको क्षेत्रमा कलम चलाएको भन्दै पुरस्कार दिने निर्णय गरेको हाे।
उनले फेवाताल अतिक्रमणबारे निरन्तर कलम चलाउँदै आएका छन्। उनले फेवातालको जमिन व्यक्तिको नाममा दर्ता भएको बारे निरन्तर समाचार प्रकाशन गर्दै आएका थिए। फेवातालको अतिक्रमित जमिन फेवातालकै नाममा फिर्ता गराउन र ताल छेउछाउ मापदण्ड विपरित बनाइएका संरचना भत्काउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिइसकेको छ।
विश्व वातावरण दिवसका दिन प्रदान गरिने पुरस्कार स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा उनका परिवारजनबाट स्थापित भएको हो। पुरस्कार स्वर्गिय श्रेष्ठको बार्षिक पुन्य तिथिको अवसर पारी प्रत्येक बर्ष प्रदान गरिदै आएको छ ।
बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षणको बिषयमा बर्ष भरी उष्कृष्ट लेख तथा समाचार प्रशारण एवं प्रकाशन गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मिलाई सो पुरस्कार प्रदान गरिने पुरस्कार छनोट समितिका सदस्य सचिव एवं बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले बताए।
प्रतिभा छनोट समितिमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीको संयोजकत्वमा सदस्यहरु नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुरस्कार स्थापना गर्ने परिवारका सदस्य शर्मिला श्रेष्ठ र बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी रहेका छन्।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह