पोखरा । गत जेठ १३ गते फेवातालमा वेपत्ता रामेछाप घर भई भक्तपुर बस्ने सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन् । जेठ १३ गते दिउँसो साढे तीन बजेतिर आफ्ना चार साथीहरुसँगै फेवातालमा आफै डुंगा चलाएर घुमिरहेका बेला चट्याङ पर्दा सुप्रिल तालको बीच भागमै डुबेका थिए ।
उनको शव झण्डै कुहिन लागिसकेको अवस्थामा आज मध्यान्ह फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए । सुप्रिलका हजुरबुबा एक हप्तासम्म केहि पत्तो नलागेपछि पोखराबाट फर्केका थिए । डुबेकै दिनदेखि गोताखोरको टोलीले लगातार खोजी कार्य जारी राखेको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र नेपाल आर्मी खोजीमा जुटेको थियो । फेवातालको शिर भागतिर गहिरो भागमा डुबेको कारण शव उत्रिन लामो समय लागेको हुन सक्ने डिएसपी कार्कीले बताए । ‘त्यो स्थान शिर भागतिरकै स्थान हो । ८० फिट गहिरो रहेछ । उद्धारमा जुटेका हाम्रा टोलीका अनुसार पानीको तल्लो भाग निकै चिसो रहेको थियो ।’ डिएसपी कार्कीले गण्डकन्युजसँग भने ।
भक्तपुरबाट पाँच जना साथीको समूह जेठ १२ गते पोखरा घुम्न आएका थिए । रामेछाप घर भई भक्तपुर सुर्यविनायक बस्ने १८ वर्षीय सुप्रिल लामा, सिन्धुली घर भई सोहि ठाउँ बस्ने १८ वर्षीय बिशाल थापा, भक्तपुरका १९ वर्षीय मन्दिप महत, सो ठाउँका १७ वर्षीय शुशिल कुँवर र काठमाण्डौ सितापाईला घर भएका १७ वर्षीय अनिल रोक्का सहित ५ जना पोखरा आएका थिए । फेवाताल घुम्ने क्रममा डुंगामै चट्याङ परेपछि सुप्रिल डुबेका थिए । साथीहरुले बचाउने प्रयास गर्दा समेत लाइफ ज्याकेटको तुना नबानेका कारण सुप्रिललाई तान्न खोज्दा पानीबाट तान्न नसकेको उनीहरुको भनाई छ ।
यसअघि, दुई वर्ष अगाडि २०७३ साउन २४ गते काठमाण्डौबाट पोखरा घुम्न आएका सात जना मध्ये दुई जनाको डुंगा पल्टिएर डुब्दा ज्यान गएको थियो । काठमाण्डौका १९ वर्षीय प्रतिक श्रेष्ठ र २३ वर्षीय एलिन केसीको मृत्यु भएको थियो । उनीहरुको शव पनि चार–पाँच दिनपछि मात्रै भेटिएको थियो । त्यस घटनामा पाँच जना मात्र बाँच्न सफल भएका थिए । छुट्टाछुट्टै दुर्घटनामा धेरैले ज्यान गुमाईसकेका छन् ।
https://www.facebook.com/gandaknews/videos/828923617299892/
सम्बन्धित खबर
क्यान महासंघ कास्कीको १८ औं साधारणसभा सम्पन्न
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
नागरिक समाजले पोखराबाट राष्ट्रपतिलाई पठायो पत्र- जेनजीको प्रभावकारी उपस्थितिका लागि सशर्त संसद पुनःस्थापना गर्नुपर्छ
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट