पोखरा । गत जेठ १३ गते फेवातालमा वेपत्ता रामेछाप घर भई भक्तपुर बस्ने सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन् । जेठ १३ गते दिउँसो साढे तीन बजेतिर आफ्ना चार साथीहरुसँगै फेवातालमा आफै डुंगा चलाएर घुमिरहेका बेला चट्याङ पर्दा सुप्रिल तालको बीच भागमै डुबेका थिए ।
उनको शव झण्डै कुहिन लागिसकेको अवस्थामा आज मध्यान्ह फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए । सुप्रिलका हजुरबुबा एक हप्तासम्म केहि पत्तो नलागेपछि पोखराबाट फर्केका थिए । डुबेकै दिनदेखि गोताखोरको टोलीले लगातार खोजी कार्य जारी राखेको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र नेपाल आर्मी खोजीमा जुटेको थियो । फेवातालको शिर भागतिर गहिरो भागमा डुबेको कारण शव उत्रिन लामो समय लागेको हुन सक्ने डिएसपी कार्कीले बताए । ‘त्यो स्थान शिर भागतिरकै स्थान हो । ८० फिट गहिरो रहेछ । उद्धारमा जुटेका हाम्रा टोलीका अनुसार पानीको तल्लो भाग निकै चिसो रहेको थियो ।’ डिएसपी कार्कीले गण्डकन्युजसँग भने ।
भक्तपुरबाट पाँच जना साथीको समूह जेठ १२ गते पोखरा घुम्न आएका थिए । रामेछाप घर भई भक्तपुर सुर्यविनायक बस्ने १८ वर्षीय सुप्रिल लामा, सिन्धुली घर भई सोहि ठाउँ बस्ने १८ वर्षीय बिशाल थापा, भक्तपुरका १९ वर्षीय मन्दिप महत, सो ठाउँका १७ वर्षीय शुशिल कुँवर र काठमाण्डौ सितापाईला घर भएका १७ वर्षीय अनिल रोक्का सहित ५ जना पोखरा आएका थिए । फेवाताल घुम्ने क्रममा डुंगामै चट्याङ परेपछि सुप्रिल डुबेका थिए । साथीहरुले बचाउने प्रयास गर्दा समेत लाइफ ज्याकेटको तुना नबानेका कारण सुप्रिललाई तान्न खोज्दा पानीबाट तान्न नसकेको उनीहरुको भनाई छ ।
यसअघि, दुई वर्ष अगाडि २०७३ साउन २४ गते काठमाण्डौबाट पोखरा घुम्न आएका सात जना मध्ये दुई जनाको डुंगा पल्टिएर डुब्दा ज्यान गएको थियो । काठमाण्डौका १९ वर्षीय प्रतिक श्रेष्ठ र २३ वर्षीय एलिन केसीको मृत्यु भएको थियो । उनीहरुको शव पनि चार–पाँच दिनपछि मात्रै भेटिएको थियो । त्यस घटनामा पाँच जना मात्र बाँच्न सफल भएका थिए । छुट्टाछुट्टै दुर्घटनामा धेरैले ज्यान गुमाईसकेका छन् ।
https://www.facebook.com/gandaknews/videos/828923617299892/
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो