विगत छ वर्षदेखि सञ्चालनमा आएको भाटभटेनी अनलाइन डटकमलाई एफवानसफ्ट ईन्टरनेशनल प्रालिले एक्वायर गरेको छ । सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आइटी कम्पनी मध्येको एक हो । भाटभटेनी अनलाइन डटकम नेपालको चर्चित अनलाइन सपिङ पोर्टल हो ।
अझ सशक्त र सबैको पहुँचमा पुर्याउने उद्देश्यसाथ एक्वायर गरेको एफवान सफ्ट ईन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले बताए । उनले भने – ‘भाटभटेनी अनलाइनलाई डोमेन परिवर्तन गरेर हामीअब ई-सेवा पसल डटकममा सञ्चालन गर्छौं, त्यसमा हाम्रो प्राविधिक विज्ञतालाई प्रयोग गरेर अझ सरल र उत्कृष्ट बनाउँदै सबैको पहुँचमा पुर्याउँछौं ।’
ई-सेवा पसल डटकमका सिइओ मनिस श्रेष्ठले एफवान सफ्टसँगको सहकार्यले अब अनलाइन सपिङको क्षेत्रमा आफुहरूले ठुलो फड्को मार्ने विश्वास व्यक्त गरे । उनले भने, ‘अबको भविष्य भनेकै अनलाइन सपिङको हो । एफवान सफ्टसँगको सहकार्यले हामी यसले धेरै अगाडी बढाउनेछौं । आउदाँ वर्षहरुमा हामी नेपालमा अनलाइन सपिङको परिभाषा परिवर्तन गर्ने उद्देश्यले काम गर्नेछौं ।’
इसेवालगायत नेपालका अधिकांश बैंकका मोबाईल बैंकिङ र ईबैंकिङमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै, ई-सेवाबाट भुक्तानी गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था समेत गरिएको छ । ई-सेवा पसल डटकमले ग्राहकको सुविधालाई ध्यानमा राखि विभिन्न किसिमका छुट र अफरपनि सार्वजनिक गरेको छ । साथै कम्पनीले अधिकतम २४ घण्टाभित्र निशुल्क डेलिभरी गर्नेेछ ।
नेपाल सरकारले नगद कारोबारलाई घटाएर डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने नीति लिइरहका बेला एफवान सफ्टले पनि यस अभियानलाई टेवा पुग्ने सफ्टवेयर निर्माण गर्दै आएको छ । कम्पनीले चार सयभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ ।
सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा विक्री वितरण गर्दै आएको छ ।
सम्बन्धित खबर
प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्छ: प्रदेश प्रमुख भट्ट
चैत मसान्तसम्म फेसबुकलगायत सामाजिक सञ्जाल नेपालमा दर्ता नभए बन्द गरिने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
क्यान इन्फोटेक पोखरामा MSI RTX 5080 ग्राफिक्स कार्ड सार्वजनिक
अब नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने सकिने
पुरुषोत्तम कुँवरको नेतृत्वमा क्यान कास्की
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही