गण्डक न्युज । प्रदेश नं. ४ को मुख्य मन्त्री कार्यालय अगाडि र भुसंरक्षण कार्यालय अगाडि सडकमा राखिएको काँडेतार हटाइएको छ । यो हटाउन नागरिक अभियन्ताको खबरदारीबारे गण्डकन्युजले समाचार प्रकाशित गरेको थियो ।
नागरिक अभियन्ता रामबहादुर पौडेल, अर्जुन भण्डारी लगायतले निरन्तर आग्रह गरेका थिए ।
बुधबार दिउँसो उनीहरु प्रदेश प्रहरी प्रमुख डिआईजी दानसिंह बोहोरालाई भेटेर हटाउन आग्रह गरेका थिए । डिआईजी बोहोराले तुरुन्त कार्यक्षेत्र रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीलाई हटाउन आदेश दिए । तुरुन्त काँडेतार हट्यो ।
‘आफ्नै कार्यालय अगाडि काँडेतार लगाएको प्रदेश प्रहरी प्रमुखलाई थाहा छैन । उहाँले मुख्यमन्त्रीसँग यस विषयमा कुरा गर्न चाहनुभयो । तर मुख्यमन्त्री बुधबार बैठकमा हुनुहुन्थ्यो । पछि निस्कने बेला वडा प्रहरीलाई हटाउन भन्नुभयो । ’ श्रोतले भन्यो – ‘ हट्यो तर फेरि राखिएछ । डिआईजीलाई नै मनोबल गिर्ने गरी दबाब दिने काम भएको छ ।
डिआईजीले हटाएपनि प्रमुख सचिवस्तरीय आदेशले फेरि काँडेतार राखियो । बुधबार राति साढे ७ बजे त्यही काँडेतारका कारण झ्याप्प ब्रेक लगाउँदा पोखरा विन्ध्यवासिनीका मनोज घिमिरे दुर्घटनामा परे । विहीबार अपरान्हदेखि मुख्यमन्त्री कार्यालय अगाडिको सडक साना सवारी पास हुने गरी खोलिएको छ भने विहीबार रातिदेखि नै भुसंरक्षण कार्यालय अगाडिको सडक खोलिएको छ । डिआईजी दानसिंह बोहोरासँग यस विषयमा कुरा गर्दा सुरक्षाको विषयमा आफूहरु गम्भिर रहेको बताए ।
उनले गण्डकन्युजसँग भने – ‘सिंहदरबार समेत चारैतिर घेरिदैंन । नारा जुलुस, हुलहुज्जत हुन लागे तत्कालका लागि सुरक्षा दिईने हो ।’ डिआईजी बोहोराले आफूलाई दबाब दिने को ? भन्ने बारे भने खुलाएनन् । तर उनले खुलिसकेको बताए ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख नविन कार्कीले पनि बुधबार नै आफूहरुले हटाएपछि भोलिपल्ट जस्ताको तस्तै अवस्थामा देखिएको तर यसबारे आफूले केहि बोल्न नमिल्ने बताएका थिए । हटाउने विषयमा विहीबार सिडिओ तारानाथ अधिकारी र कास्की प्रहरी प्रमुख ओमबहादुर रानाबीच छलफल भएको थियो । शुक्रबार बिहानदेखि दुवै ठाउँमा काँडेतार हटेको छ ।
विहीबार प्रकाशित समाचार
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो