सुन्दर कुमार थकाली, मुस्ताङ । मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ खि®ा स्थित कालोभीर सडकमा शनिवार ट्याक्टर दुर्घटना भएको छ ।
जोमसोमबाट खिङ्गा गाउँमा निर्माण सामाग्री पु¥याई फर्कने क्रममा तिब्र गतिमा जोमसोमतर्फ फर्किएको ग १ त ४०३८ नम्बरको उक्त ट्याक्टर भिरालो सडकमा अनियन्त्रित भई कालोपत्रे सडक पुर्वतर्फको नालीमा उत्तानोपरि पल्टिएको ईलाका प्रहरी कार्यालय मुक्तिनाथका प्रहरी सहायक निरिक्षक चित्रबहादुर केशीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा ट्याक्टरका चालक सिमरा १२ गढीमाई नगरपालिका ३ घर भएका २५ वर्षिय कृष्ण राई र सहचालक म्याग्दी घर भएका १८ वर्षिय अजय रोक्का गम्भिर घाईते भएका छन् ।

घाईते द्धय राई र रोक्कालाई थप उपचारका लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार घाईते १ जनाको प्रहरी,स्थानीयको सहयोगमा तत्काल उद्धार गरिएको र १ जनाको ट्याक्टरले च्यापेका कारण १ घण्टापछि बाहिर निकालिएको थियो ।ट्याक्टर घरपझोङ गाउँपालिका ३ स्याङ बस्ने सन्त नेपाली भएको बताईएको छ ।
पछिल्लो समय कागेबनी मुक्तिनाथ सडक कालोपत्रे भएपछि दुर्घटना बढ्दै जान थालेको प्रहरीले जनाएको छ ।यसअघि सो सडकको आसपास ३ वटा दुर्घटना भईसकेको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार