केशब पाठक, पोखरा । बहुप्रतिक्षित पोखरा रंगशालाको निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले ८ महिना पछि दोश्रो पटक बोलपत्र आह्वान गरेको छ । परिषदले एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेर दोश्रो पटक बोलपत्र आह्वान गरेको हो । २०७४ कार्तिक ७ गते रंगशाला निर्माणका लागि भन्दै परिषदले पहिलो पटक सूचना प्रकाशित गरेको थियो ।
१३ औं दक्षिण एशियाली खेलकुद ९साग० लाई लक्षित गर्दै करिब ६ महिना अघि निकालिएको बोलपत्र आह्वानमा ६ वटा कम्पनीले विडिङ्ग गरे पनि एउटा कम्पनीको मात्र बोलपत्र स्विकृती भएको थियो । तर पछि त्यसलाई रद्ध गरिएको थियो । रंगशाला निमांणका लागि पोखरेलीहरुको चासो र दबाब बढ्दै गए पछि राष्ट्रिय खेलकुद परिषदले बोलपत्र आह्वान गरेको हो ।
१३ औं साग अबको ९ महिना पछि नेपालले आयोजना गर्दैछ । उक्त प्रतियोगिता मध्ये महिला फुटबल आयोजना गर्न पोखरामा गर्न लागिएको हो । करिब २२ हजार दर्शक क्षमता र सेन्थेटिक ट्रयाक सहित स्टेडियम निर्माण गर्न बोलपत्र आह्वान गरिएको छ । रंगशाला निर्माण गर्न करिब १८ महिना अघि डिपिआर सम्पन्न भए पनि राष्ट्रिय खेलकुद परिषदको ढिला सुष्तिका कारण सबै कामहरु प्राय ठप्प जस्तो भएको थियो ।
रंगशाला निर्माणलाई गति दिन करिब ७ महिना अघि ४५ लाखको लागतमा जिर्ण स्टेडियम भत्काइए थियो । तर नयाँ निर्माणका लागि लामो समय सम्म पनि परिषदले चासो नदिंदा पोखरेली खेलप्रेमीहरु निराशा संगै आक्रोस बढदै गएको थियो ।
दोश्रो पटक खोलिएको बोलपत्र आह्वान २०७५ साउन ६ गते खोल्ने जनाइएको छ । दोश्रो पटक बोलपत्र अह्वान खेलिएपछि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले ढिलै भए पनि काम सम्पन्न हुने कुरामा विश्वस्त रहेको बताए । पोखरा रंगशाला निर्माणका लागि करिब सवा अर्व रुपैयाँ खर्च गरिदै छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला