केशब पाठक, पोखरा । बहुप्रतिक्षित पोखरा रंगशालाको निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले ८ महिना पछि दोश्रो पटक बोलपत्र आह्वान गरेको छ । परिषदले एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेर दोश्रो पटक बोलपत्र आह्वान गरेको हो । २०७४ कार्तिक ७ गते रंगशाला निर्माणका लागि भन्दै परिषदले पहिलो पटक सूचना प्रकाशित गरेको थियो ।
१३ औं दक्षिण एशियाली खेलकुद ९साग० लाई लक्षित गर्दै करिब ६ महिना अघि निकालिएको बोलपत्र आह्वानमा ६ वटा कम्पनीले विडिङ्ग गरे पनि एउटा कम्पनीको मात्र बोलपत्र स्विकृती भएको थियो । तर पछि त्यसलाई रद्ध गरिएको थियो । रंगशाला निमांणका लागि पोखरेलीहरुको चासो र दबाब बढ्दै गए पछि राष्ट्रिय खेलकुद परिषदले बोलपत्र आह्वान गरेको हो ।
१३ औं साग अबको ९ महिना पछि नेपालले आयोजना गर्दैछ । उक्त प्रतियोगिता मध्ये महिला फुटबल आयोजना गर्न पोखरामा गर्न लागिएको हो । करिब २२ हजार दर्शक क्षमता र सेन्थेटिक ट्रयाक सहित स्टेडियम निर्माण गर्न बोलपत्र आह्वान गरिएको छ । रंगशाला निर्माण गर्न करिब १८ महिना अघि डिपिआर सम्पन्न भए पनि राष्ट्रिय खेलकुद परिषदको ढिला सुष्तिका कारण सबै कामहरु प्राय ठप्प जस्तो भएको थियो ।
रंगशाला निर्माणलाई गति दिन करिब ७ महिना अघि ४५ लाखको लागतमा जिर्ण स्टेडियम भत्काइए थियो । तर नयाँ निर्माणका लागि लामो समय सम्म पनि परिषदले चासो नदिंदा पोखरेली खेलप्रेमीहरु निराशा संगै आक्रोस बढदै गएको थियो ।
दोश्रो पटक खोलिएको बोलपत्र आह्वान २०७५ साउन ६ गते खोल्ने जनाइएको छ । दोश्रो पटक बोलपत्र अह्वान खेलिएपछि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले ढिलै भए पनि काम सम्पन्न हुने कुरामा विश्वस्त रहेको बताए । पोखरा रंगशाला निर्माणका लागि करिब सवा अर्व रुपैयाँ खर्च गरिदै छ ।
सम्बन्धित खबर
प्रथम केपी ओली कपको उपाधि मधेश प्रदेशले जित्यो, आर्मी ११ रनले पराजित
आइटीएफ जे–३० मा सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न
पाँचौ युनिप्स खेल महोत्सवको पोखरा रंगशालामा उद्घाटन
पोखरामा १६ औँ हिसान कास्की स्पोर्ट्स मिट सुरू
आर्मी र मधेश प्रदेश कसले रच्ला इतिहास ?
प्रथम केपी ओली कप राष्ट्रिय टी २० क्रिकेट: मधेस प्रदेश फाइनलमा, एपीएफ पराजित
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका