पर्वत । जिल्लाकाे फलेवास नगरपालिका २ थापाठानामा विवाद हुँदा ढोकामा लगाउने आग्लो प्रहार गर्दा एक जनाको मृत्यु भएको छ।
स्थानीय थापाठाना बजारका बिनोद बिक्रम कुँवरको आग्लो प्रहारबाट शंकरपोखरीका ३३ वर्षीय सूर्यबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे छ ।
मादक पदार्थ सेवन गरेका सूर्य र उनकी श्रीमतीले बिनोदलाई गालीगलौज गरेपछि उनीहरूबीच झगडा भएको थियाे । झगडाकै क्रममा बिनोदले सूर्यलाई धेरै पटक नबोल्न आग्रह गर्दा नमानेपछि ढोकाको आग्लो प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
झगडाका बेलामा छुट्याउने क्रममा घाइते भएका सुनार र उनकी श्रीमती सरस्वतीलाई उपचारका लागि शुक्रबार नै पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा नै सूर्यको शनिबार मृत्यु भएको हो।
अभियुक्त बिनोदलाई शुक्रबार राती नै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्वतको नियन्त्रणमा राखिएको छ भने बिनोदकी श्रीमती राधिकालाई पनि थप अनुसन्धानको लागि शनिबार नियन्त्रणमा लिइएको छ ।
सम्बन्धित खबर
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
पर्वतको पैयुँ गाउँपालिकाले कोदो उत्पादक किसानलाई अनुदान दिने
पर्वतको महाशिलाले गाउँ फर्कनेलाई ६ महिना पुग्ने खाद्यान्न र १ लाख अनुदान दिने
स्वास्थ्य क्षेत्र गण्डकी सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक
स्वास्थ्यमन्त्री पाठकले गरे पर्वत जिल्ला अस्पताल निरिक्षण
पर्वत एम्बुलेन्स दुर्घटना [अपडेट]: घाइते महिलाको मृत्यु, आफन्तले आज शव बुझे
यो पनि पढौँ
पोखराका यी ठाउँमा आज र भोलि दिउँसो बिजुली नआउने
पोखरा बुद्धचोकको द स्केट पार्क आगो लाग्दा पूर्ण नष्ट, लाखौँ क्षति
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
जिउँदो खसी र च्याङ्ग्राको मूल्य तोकियो, खसीको प्रतिकिलो ६७०, च्याङ्ग्राको १२२०