एक्कासी हावाहुरीले आधा दर्जन प्याराग्लाईडिङ खसे, डुंगा पल्टियो

एक्कासी हावाहुरीले आधा दर्जन प्याराग्लाईडिङ खसे, डुंगा पल्टियो

fewa-paragliding

पोखरा । पोखरामा आइतबार दिउँसो एक्कासी आएको हावाहुरी सहितको पानीले फेवातालमा प्याराग्लाईडिङ खसेको छ । तालमा ३ वटा, नजिकै मालेपाटनमा २ वटा र मेथलाङको डाँडामा एउटा प्याराग्लाईडिङ खसेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

मानवीय क्षतिबारे खुलेको छैन । प्रहरी खोजी कार्यमा जुटेको छ । सराङकोटबाट उडेका प्याराग्लाईडिङ खसेका हुन् । आईतबार मात्रै सय भन्दा बढी प्याराग्लाईडिङ उडेका थिए ।

यसैबीच, हावाहुरीले तालमा रहेका डुंगा पनि पल्टिएको छ । मान्छे सवार नभएका कारण मानवीय क्षति भने भएको छैन । फेवातालमा छाल उठ्न थालेपछि डुंगा चलाउन रोक लगाइएको थियो ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार:

http://gandaknews.com/fewatal-dunga-dubyo/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ